अष्ट्रेलियामा मृत भेटिएकी छात्रा काठमाडौंकी सृष्टि भण्डारी

काठमााडौं, फागुन ४ : अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री किनारामा मृत फेला परेकी नेपाली छात्राको पहिचान खुलेको छ। न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनी काठमाडौं कि २१ वर्षीया सृष्टि भण्डारी रहेको बताइको छ।

मंगलबार बिहान ६ बजे अष्ट्रेलियाका प्रहरीले समुन्द्री तटमा मृत अवस्थामा उनको शव फेला पारेका थिए।

हराइरहेका एक नेपाली युवक भने झापाका सुदीप उप्रेती रहेको र उनको खोजी कार्य भइरहेको बताइएको छ। वेपत्ता युवकको खोजी प्रहरी र उद्धारकर्ताले हेलिकप्टरमार्फत गरिरहेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरु एकैपटक समुद्रमा पसेको बताइएको छ।

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार गत वर्षको डिसेम्बरमा पनि दुई नेपाली विद्यार्थी समुद्रमा डुबेका थिए। पछिल्लो समय यो संख्या बढ्दै गएको बताइएको छ।

Comments (0)
Add Comment