अलौ नाका हुदै ब्यापक तस्करी, सीमा सुरक्षाको साटो अबैध मालसमानको सुरक्षा दिदै सशस्त्र प्रहरी

पर्सा, ३ जेष्ठ / पर्सा जिल्लाको मुख्य नाकामा प्रहरीले निगरानी बढाए पश्चात ग्रामिण भेगमा पर्ने अलौ नाकालाइ तस्कर समुहका मुख्य नाइकेहरू आफ्नो अड्डा नै जमाएको खुलेको छ । अलौ नाका हुदै तस्करी कार्यलाइ सशस्त्र प्रहरीले नै संरक्षण गर्न थालेपछि तस्कर समुहका मुख्य नाइके हाल उक्त नाकामा आफ्नो अड्डा नै जमाएको खुलेको हो । मुख्य नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू निगरानी बढाउनसाथ ठुला बडा तस्करहरू अलौ नाकालाइ प्रयोगमा लिएर आएको तस्कर समुह नै बताउछन । उनिहरूका अनुसार तस्करीका मालसमान बिरगंज भन्सार हुदै सहजै तरिकाले आयात निर्यात गर्न सकिन्थियो तर अलौ नाकाबाट तस्करीको काम गर्दा बिभिन्न ठाउहरूमा आर्थिक भागबन्डा मिलाउनु पर्ने बाध्यता रहेको बताएका छन । एक जना श्रोतका अनुसार बिरगंज भन्सार पछाडीबाट काम गर्दा सन्चार माध्यमको साथै प्रहरीको उच्च औधा भएकाहरूको निगरानी हुने गर्दथियो तर अलौ नाकाबाट त्यहि तस्करीको काम सुचारू गर्दा स्थानीय प्रहरी चौकि र स्थानीय बोर्डर आउट पोस्टका सशस्त्र प्रहरीले नै संरक्षणका साथै लाइन देख्ने गरेको कारण सजिलै मालसमान आयात निर्यात हुन सकेको बताए । बोर्डर आउट पोस्ट अलौले बिभिन्न ठाउहरूमा आफ्नो चेक पोस्ट थप्दै गएको छ, जसका कारण तस्करी गर्ने गिरोहका लागि सहज बतावरण बनेको, एक स्थानीय बताउछन । बोर्डर आउट पोस्ट अलौको मातहातमा पर्ने बिभिन्न नाका हुदै तस्करी कार्य सुचारू भएको छ । नूनदेखि सुनसम्मको तस्करी गर्ने गिरोह अलौ नाकामा सलबलाएपनि सशस्त्र प्रहरी प्रमुख रकममै लिप्त हुने गरेको छन । जसको जल्दो बल्दो उदाहरण बनेको छ कवाड र भैसि तस्करी । बोर्डर आउट पोस्ट अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश बराल र स्थानीय प्रहरी चौकि अलौका प्रमुख प्रहरी नायब निरीक्षक कुल बहादुर कुवरको आर्थिक भागबन्डा मिले पश्चात तस्करी कार्य सुचारू भएको स्थानीय बताउछन । बिगत लामो समयदेखि बन्द रहेको तस्करीको लाइन अलौ नाकाबाट पुन: सुचारू भएको स्थानीय बताउछन । सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश बराल आफ्नै माथिल्लो निकायको आदेशलाइ लत्याउदै सीमा नाकाबाट तस्करी कार्य धन्दा सुचारू गराएका छन । यता आइजिपिकै आफन्त भन्दै धाक धम्कि र फुर्ति लगाउने प्रहरी चौकि अलौका प्रमुख प्रहरी नायब निरीक्षक कुल बहादुर कुवरले समेत आफ्नो माथिल्लो निकायको आदेशलाइ धज्जि उडाएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जिल्लाको सबै नाकाबाट अबैध क्रियाकलाप रोक्न निर्देशन दिएपनि अलौ नाकामा उक्त निर्देशनको कुनै पालना नभएको पाइन्छ । अलौ नाकाबाट दिन दहाडै कवाडको तस्करी भइरहेपनि सीमा सुरक्षाको निम्ति सशस्त्र प्रहरीका साथै शान्ति सुरक्षाको निम्ति खटिएका नेपाल प्रहरी हालको समयमा अबैध कारोबारलाइ नै प्राथमिक्तामा राख्दै काम गरिरहेको एक भिडियो क्लिपबाट प्रष्ट हुन्छ । यति मात्र नभइ स्थानीय प्रहरी चौकिका प्रमुख कमाइ धन्दा दोहोरो पार्न ट्राफिक प्रहरीको काममा समेत हस्तक्षेप गर्ने गरेको खुलिन्छ । आफ्नो पावरको दुरुपयोग गर्दै प्रति दिन ट्राफिक प्रहरी बिट अगाडी नै आफ्नो दुइ जना प्रहरीलाइ परिचालन गर्ने गरेको दुखेसो ट्राफिक प्रहरीका कर्मचारीहरू पोख्छन । अलौ नाकाबाट दिनहु करोडौ बराबरको अबैध मालसमान नियन्त्रण गर्नुको साटो संरक्षणमा खटदै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश बराल र प्रहरी नायब निरीक्षक कुल बहादुर कुवर माथि द्वय प्रहरी संगठन प्रमुखको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment