अज्ञात समूहद्वारा सरकारी गाडी आगजानी

काठमाडौं,पुष १५ : नयाँ बानेश्वरमा सरकारी गाडीमा एक अज्ञात समूहले आगजनी गरेको छ । अल्फाबिटा भवन अगाडि बा २ झ १३९२ नम्बरको स्कर्पियो गाडीमा आगलागी भएको हो । एक गाडीमा भने तोडफोड गरेका छन् ।

प्रहरीले घटनास्थलमा आफूहरु भर्खर पुगेको र कसले आगो लगायो भन्ने अनुसन्धान भइरहेको बताइएको छ । बा २ झ १०५५ नम्बरको अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ ।

Comments (0)
Add Comment