सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजद्वारा सरसफाई कार्यक्रमको आयोजना

वीरगंज ३१ जेष्ठ / सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजले शुक्रवार वीरगंज महानगरपालिकाको वडा नम्बर ३ प्रगतिनगरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संघिय प्रेस फोरम प्रदेश नम्बर २ का उपाध्यक्ष विजय कुशवाहाले कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष कुशवाहाले सेस्मी ईन्टरनेशनल स्कुलले टोलको सरसफाईका लागि चालेको अभियान सराहनीय भएको बताउंदै निरन्तर रुपमा सबैको सामुहिक प्रयास हुनुपर्नेमा जोड दिनुभएको थियो । वहांले प्रगतिनगरका बासिन्दाहरुलाई आफनो घर अगाडी फोहोर नफ्याकी महानगरपालिकाले तोकेको स्थानमा मात्र व्यवस्थापन गर्न आग्रह गर्दै जथाभावी फोहोर गर्दा त्यो फोहोरले आफनै स्वास्थ्यलाई असर गर्ने भएकोले यसतर्फ सचेत हुन समेत आग्रह गर्नुभयो । कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न किडस् प्लानेटकी प्रिन्सिपल मौसम भंगर र वडा नं ३ का वडा अध्यक्ष बैजु स्वर्णकारको विशेष सहयोग रहेको थियो । सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजकी प्रिन्सिपल आश्मा सिंह यादवको सभापतित्वमा सम्पन्न उक्त सरसफाई कार्यक्रममा एसटिएफका प्रहरी नायब निरिक्षक अरुण राय, स्कुलका निर्देशक मनोज यादव, वीरगंज महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, बोर्ड सदस्य बसरुतुन नेशा, तुफैल हवारी, स्कुलका शिक्षक अजय साह, मोनालाल यादव, अमित ठाकुर, शिक्षिकाहरु ममता प्रिया जयसवाल, विणा कर्ण, जेनिशा परियार, रमावती साह, स्कुलका विद्यार्थीहरु एवं स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Comments (0)
Add Comment