सशस्त्र प्रहरीद्वारा ५० किलो ग्राम लागु औषध गाजा बरामद

उमेश दुबे
बारा, १३ फागुन / बाराको पिपरपातिबाट सशस्त्र प्रहरी बल नेपालले लागु औषध गाजा बरामद गर्न सफल भएको छ । लागु औषध गाजा भारततर्फ निर्यात गर्ने क्रममा सशस्त्र प्रहरीले लागु औषध गाजा बरामद गर्न सफल भएको हो ।
बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाति र इनर्वा गाउको बिचमा पर्ने खेतवारी हुदै भारततर्फ लगिरहेको लागु औषध गाजा गइरहेको बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खाटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।, लागु औषध गाजाको बिशेष सुचना आउन साथ खटिएको सशस्त्र प्रहरीको स्क्वाड टोलीलाई हेर्नसाथ गाजा तस्कर फरार भएपनि करिब ५० किलोग्राम लागु औषध गाजा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनु भयो । आज करिब साढे १० बजेको समयमा भारततर्फ लगिरहेको लागु औषध गाजा बरामद गरेको र अवाश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

Comments (0)
Add Comment