मोर्चाद्धारा आन्दोलनको घोषणा, निर्वाचन विथोल्ने

फाइल फोटो

काठमाडौं ,चैत्र २ :संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन आधिकारिक रुपमा फिर्ता लिदै असहयोग र अवज्ञा आन्दोलनको घोषणा गरेको छ ।

बुधबार रातीसम्म चलेको मोर्चाको बैठकले सरकारद्धारा घोषित निर्वाचन सम्बन्धी सम्पूर्ण कार्याक्रम विथोल्नुका साथै स्थानीय तहको नयाँ संरचना कार्यन्वयनमा पुर्नतः असहयोग गर्ने निर्णय गरेको छ ।

आन्दोलनका कार्यक्रमहरु
१) चैत्र ३ गतेदेखि असहयोग एवं अवज्ञा आन्दोलन
२) चैत्र १३ गते राजविराजसहित सम्पूर्ण जिल्लामा श्रद्धाञ्जली सभा
३) चैत्र १५ गते सबै जिल्लाको निर्वाचन कार्यालय घेराउ

तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेश चन्द्र लालले दिएको जानकारीअनुसार मधेशी मोर्चाले चैत्र तीन गते विहीबारदेखि सरकार एवं निर्वाचन आयोगद्धारा घोषित निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम र स्थानीय तहको नयाँ संरचना कार्यन्वयन पुर्नरुपमा असहयोग गर्ने निर्णय गरेको छ ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनका अनुसार चैत्र १३ गते आइतबार मधेशी मोर्चाले सप्तरीको राजविराजसहित सबै जिल्लामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ । उनका अनुसार चैत्र १५ गते जिल्ला जिल्लाका निर्वाचन कार्यालयहरु घेराउ गर्ने निर्णय मोर्चाले गरेको छ ।

श्रोत:हुलाकी न्यूज

Comments (0)
Add Comment