मधेशी मोर्चा पर्सा द्वारा रात्री सेवा ठप पार्न विभिन्न ठाउँमा धर्ना एवं प्रदर्शन

बिरगंज सिटी, फाल्गुन २४ :
एमालेको मेची महाकाली अभियानको क्रममा हिजो सप्तरीको राजबिराजमा भएको हिंसात्मक घटना बिरुद्ध उत्रेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज सम्पूर्ण मधेश पूर्ण रुपले ठप पारेका छन् |आज सोहि क्रममा बिरगंजमा पनि दिनभरी मोर्चाका नेता कार्यकर्ताले  प्रदर्शन गरेका छन् | मोर्चाको नेतृत्व गर्दै संघिय समाजवादी फोरम नेपाल पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले सप्तरी घटनाको निन्दा गर्दै अबको आन्दोलन युद्धमा परिणत हुनसक्ने बताए ,अध्यक्ष यादव अनुसार निहता मधेशी माथि सरकारको नीति पूर्ण विभेदकारी रहेको फेरी प्रमाणित भएको उनको भनाइ छ |
मधेशी मोर्चा पर्सा द्वारा अहिले रात्रीमा पनि बीरगजको गंडक परवानीपुर हिमालयआयरन लगायतको ठाउमा प्रदर्शन जारी राखेका छन बीरगजको गंडकमा मोर्चा का नेता तथा सघीय समाजबादी फोरम नेपाल पर्साका अधयक्ष प्रदीप यादव तमोलोपा का पर्सा अधयक्ष पुरूषोत्तम झा पुर्ब मन्त्री करिमा बेगम लगायत का उपसिथतीमा प्रदर्शन जारी रहेको श्रोतले जनाएको छ |

Comments (0)
Add Comment