मधेशी जनताले अधिकार खोजेको बेला निर्वाचन किन ? -सांसद गद्दी

बिरगंज,पुष १६: बिरगंज ३०, उदयपुर घुर्मी को कुहडीमा फोरम नेपाल को बाहुल्यता आज भएको पार्टी प्रवेश कार्यक्रममा .मा.ले. माओबादी काँग्रेस को पत्ता साफ गर्दै संघिय समाजबादी फोरम नेपालले स्थानीय तथा तीन दलका प्रभावशालि नेता कार्यकर्ता प्रवेश गराएका छन् |

स्त्थनिया युवा नेता गा.बि.स.ईकाई अध्य्क्ष पिन्टु उपाध्याय को अध्यक्ष्तमा संचांलन भएको कार्यक्रम को प्रमुख अतिथि संघिय समाजबादी फोरम नेपालका राष्ट्रिय उपध्यक्ष लाल बाबु राउत गदी रहेका थिए ,भने बिशिस्ट अतिथि संघिय समाजबादी फोरम नेपाल पर्सा अध्य्क्ष प्रदिप यादव रहनु भएका थिए |

आफ्नो मन्तब्य रख्दई प्रमुख अतिथि लाल बाबु राउत गदी ले भने संबिधान संसोधन विधेक संसद भवनमा पारित न गरि निर्वाचन गराए मधेशी जनताले न स्वीकार्ने बताए | अहिले मधेशी जनताले अधिकार खोजेको हो निर्वाचन हैन उनको भनाई थियो |यदि सरकारले शक्ति प्रस्तुत गरि निर्वाचन गरौन खोजे भने आफुहरु जान शक्ति प्रदर्शन गर्ने बताए |आफ्नो छोटो मन्तब्य पछि संसद गदीले नवप्रवेशीलाई टिका लगाई स्वागत गरेका थिए |

कार्यक्रमका बिशिस्ट अतिथि संघिय समाजबादी फोरम नेपाल पर्सा अध्य्क्ष प्रदिप यादवले नवप्रवेशी नेता कार्यकर्तालाई माला लगाई स्वागत गर्दै भने आउने दिनमा संबिधान संसोधनको प्रस्ताव परिमार्जन गरि पुष मसान्त भित्र पारित् नगरे निर्वाचन कुनै अवचित्य नरहेको बताए |

मधेश मुद्दालाई दबाउन कांग्रेस ,ए.मा.ले. ,माओबादी लागेको आरोप लगाए ,१९ वर्ष देखि देशमा नभएको स्थानीय तहको निर्वाचन को वास्ता नगरेको सरकार र प्रतिप्क्क्षले अहिले कांग्रेस ,ए.मा.ले.,र माओबादीले ग्रान्ड डिजाईन गरि मधेश मुद्दा दबाउन खोजेको उनले आरोप लगाए |यादवले आफ्नो दुइ शब्द थप्दै भने अब मधेशको समस्या समाधानमा सरकारले सहकार्य नगरे धोकाको परिणाम घातक हुनेछ बताए |

प्रवेश कार्यक्रममा माओबादी छाडी प्रभावसाली नेता नगेन्द्र यादव, भिकर यादव,बिजुली यादव लगायत नेताहरु आफ्नो समुह लिएर प्रवेश गरेका छन् भने प्रमुख प्रतिपक्क्षि दल ए.मा.ले.बाट नन्द राय भर ,काशी यादव,सम्भु मुखिया ,गोरख मुखिया बिनले आफ्नो कार्यकर्ता सहित प्रवेश गरेका छन् ,त्यसै कांग्रेस बाट पार्टी प्रत्याग गरि फोरममा तेज नारायण तेली , पुर्व गा.बि स. सचिव जगरनाथ शाहले ५० भन्दा बडी नेता कार्यकर्ता आफु संग प्रवेश गराएका छन् |

कार्यक्रममा संघिय समाजबादी फोरम नेपालका प्रदेश सचिव सलौदीन अहमद , शिक्षा फोरम नेपालका नेता डोलन यादव ,साहेब यादव ,जिल्ला सदस्य लक्ष्मी कान्त मण्डल लगायत नेताहरुको उपस्तिथी थियो |

कार्यक्रमको संचालन संघिय समाजबादी फोरम नेपालका जिल्ला सचिव एवं पुर्व गा.बि.स .अध्य्क्ष नगेन्द्र यादवले गरेका थिए |

 

 

Comments (0)
Add Comment