बेवारिस अवस्थामा चरेश बरामद

विरगंज, फागुन १६ : बिरगंज उपमहानगरपालिका–२४,परवानीपुर बासघारीमा लागूऔषध चरेश लुकाईछिपाई राखेको सुचनाको आधारमा खोजतलास गर्दा बरामद् भएको छ ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको प्रहरी टोलीले बिषेश चेकजाच गर्दै जाने त्यहा स्थित बासघारीमा करीब ३० के.जी.लागूऔषध चरेश बेवारिसे राखिएको अवश्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।

साथै उक्त बेवारिसे अवस्थामा रहेको चरेस यस कार्यालयमा ल्याईएको र चरेश कस्को हो भन्ने बारेमा आवश्यक अनुसन्धान कार्य जारी रहेको नायब उपरिक्षक जोशीले बताउनु भयो ।

Comments (0)
Add Comment