पर्सा क्षेत्र नं १ को निर्वाचन ‘भन्दा देख्नेलाई लाज

वीरगंज/ पूर्व मन्त्रीभन्दा बहालवाला मुख्यमन्त्री मर्यादाक्रममा ठूलो भएपनि निर्वाचन जित्नको लागी मुख्यमन्त्री लालबाबु राउत, प्रदीप यादवको पुच्छर बनेर हिंडिरहेका छन् ।
प्रदीप यादवको आई.टी सेनाद्वारा पठाइएको समाचारमा प्रदीप यादवको भनाइ उद्धृत गरेर समाचार आउने गरेको र तल पुछारमा मुख्यमन्त्री समेत उपस्थित रहेको उल्लेख गरिएको पाइन्छ । प्रदीप यादवलाई अहिले स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले कडा टक्कर दिरहेको अवस्था छ । त्यसकारण प्रदीप यादवको दिनको चैन र रातको निन्द्रा हराम भईरहेको छ ।
एमाले र जसपा गठबन्धन भए तापनि आफ्नै गाउँका पूर्व वडाअध्यक्ष ग्यासुदिन मियाँ गत स्थानीय निर्वाचनमा वीरगंज महानगरका पूर्व मेयर विजय सरावगीसंगै एमालेमा प्रवेश गरेर यस पटक पराजित भएका थिए । ग्यासुदिन मियांलाई एउटा कार्यक्रममा प्रदीप यादवले जसपामा प्रवेश गराएपछि एमाले झस्किएको छ । ग्यासुदिन मियांका छोरा चेक बाउन्स मुद्दामा जेलमा रहेकोले छुटाउन आर्थिक सहयोग प्रदीप सँग लिएर ग्यासुदिन जसपामा प्रवेश गरेको हल्ला प्रदीपको गाउँ मनियारीमा फैलिएपछि ग्यासुदिनकोपछि लाग्नेहरु, ञहामी खसी बोका हौं, जुन बेला चुनाव आउँछ त्यही बेला ग्यासुदिन पार्टी परिवर्तन गरेर हामीलाई बिक्री गर्छ भनेर यस पटक हामी देखाउँछौंझ भान्दै पाखुरा सुर्केर बसेका छन् ।
प्रदीप यादवको आइटी सेलबाट मंगलवार वीरगंज महानगरपालिकाको वडा नं ११ बाट जनमत पार्टीबाट वडा अध्यक्षका उम्मेदवार पवन कुमार ठाकुर प्रवेश गरेको समाचार सम्प्रेषण भयो । बुझ्दै जाँदा ठाकुरले जम्मा सोह्र (१६) मत ल्याई शानदार तवरले आफ्नो जमानत जफत गराएका रहेछन् ।
पर्सा क्षेत्र नं १ मा एमाले र जसपाको गठबन्धन छ । दुवै दलले स्थानीय चुनावमा ल्याएको मत गणना गर्दा प्रदीप यादव सुती–सुती जित्नु पर्ने हो तर जसपाबाट बागी भाएकाहरुको व्यवस्थापन गर्नु पर्ने भएकोले प्रदिपको निन्द्रा उडेको छ । सभार/चन्द्रसुर्यवाणी

Comments (0)
Add Comment