नारायणि रंगशाला अन्तराष्ट्रिय रंगशालाको रुपमा बनाउने मुख्यमन्त्री गदीको घोषणा

उमेश दुबे÷रितेश पटेल
पर्सा, १३ पौष ÷ वीरगंजमा रहेको नारायणि रंगशालालाई प्रदेश स्तरीय होइन, राष्ट्रिय स्तरीय होइन, अन्तराष्ट्रिय खेलकुद मैदान बनाउने घोषणा गर्नुभयो । श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा आयोजना भएको प्रदेश स्तरीय देवकोटा अध्यण मण्डल तथा पुस्तकालय भवन घोषणा तथा शिलान्यास कार्यक्रममा अन्तराष्ट्रिय रंगशाला बनाउने घोषणा गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का मुख्य मन्त्री गदीले प्रदेश नं. २ मा माघ १ गतेदेखि कुनैपनि अस्पतालमा छोरी जन्मिदा १ लाखको बिमा समेत हुने घोषणा गरीसकेको बताउनु भयो । उहाले आफु प्रदेश नं. २ को मुख्य मन्त्री पदमा हुन्जेल प्रदेशको मुहार फेरिने बताउनु भयो । प्रदेश न.. २ मा आफु हुन्जेल मात्र नभई आउने कुनैपनि सरकार यस निर्णयलाई काट्न नसक्ने बताउनु भयो । मुख्य मन्त्री गदीले प्रदेश स्तरीय देवकोटा अध्यण मण्डल तथा पुस्तकालय भवन ५० लाखबाट शुरु गरिने बताउनु भयो । ५० लाख हैन यस आधुनिक पुस्तकालयको लागि जति पैसा खर्च गरिएपनि यसलाई प्रदेशको नमुना पुस्तकालयको रुपमा चिनिने बताउनु भयो ।
प्रदेश स्तरीय देवकोटा अध्यण मण्डल तथा पुस्तकालय भवन घोषणा तथा शिलान्यास कार्यक्रममा मुख्य मन्त्री गदीले वीरगंज स्थित रहेको नारायणि रंगशालाको बिषयमा जनकपुरमा प्रादेशिक रंगशालाको निर्माण भइरहेको चर्चा परिचर्चाको बिषयमा समेत घोषणा गर्नु भएको छ । उहाले आउने निति र कार्यक्रमको बजेटमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने समेत घोषणा गरिनु भयो ।
कार्यक्रममा भौत्तिक पूर्वाधार तथा यातायात विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश नं. २ मा दुईवटा पुस्तकालय भवनका साथ साथ प्रदेश स्तरीयसम्म पु¥याउने घोषणा गर्नुभयो । जनकपुरको आदर्श पुस्तकालय र वीरगंजको देवकोटा अध्यण मण्डल तथा पुस्तकालयलाई प्रदेश स्तरीय बनाउने बताउनु भयो ।

Comments (0)
Add Comment