तस्करीको मालसमानलाई प्रहरीकै संरक्षण, पर्सा जिल्ला तस्करहरुको ट्रान्जिट प्वाइन्ट बन्दै

पर्सा, ५ पौष / मुलुककै आर्थिक राजधानीको रुपमा मानिने वीरगंज क्षेत्र तथा ग्रामिण नाकाहरुबाट अवैध तरिकाले आयात तथा निर्यात हुने मालसमानलाई प्रहरीकै संरक्षण हुने गरेको पाइएको छ । स—साना खुद्रा व्यपारीहरुको मालसमान पर्सा प्रहरीले पक्राउ गर्ने र ठुला वडा तस्करीका मालसमानलाई प्रहरीले नै संरक्षण गर्ने गरेको पाइएको हो ।
भारतको बिभिन्न ठाउहरुबाट अवैध तरिकाले नेपाल भित्रयाइएको मालसमान काठमाण्डौ लगायत मुलुकको बिभिन्न ठाउहरुमा पुग्ने गरेको छ भने नेपालबाट अवैध तरिकाले मालसमान भारतको बिभिन्न ठाउहरुमा पुग्ने गरेको छ । कारण हो, नेपाल प्रहरीको आर्थिक प्रलोभन । आफ्नो मुलुकको जनतालाई सुरक्षा ग्यारेन्टी गर्ने नेपाल प्रहरी नै आर्थिक प्रलोभनमा होमिदा पर्सा जिल्लाको सीमा नाकाहरुबाट खुल्याम तस्करी धन्दा मौलाएको पाइएको छ ।
नेपाल प्रहरी संगठनलाई मुलुकमा एउटा अब्बल संगठनको रुपमा मानिने गरिन्छ । इमान्दारिताको मिशाल मानिने संगठन भित्र केही तुक्ष मनस्थित बोकेकाहरुले गर्दा संगठन नै बदनाम हुने गरेको पाइन्छ । त्यसको जल्दो बल्दो उदाहारणको रुपमा पर्सा जिल्लाबाट हुने गरेको तस्करी धन्दालाई नै लिन सकिन्छ । तस्करी धन्दा मिलाउन बिचौलीया नै परिचालन भएको बारे एक घटनाले पुष्टि समेत गरेको छ । बिचौलीयाले जिल्लाको हाकिमको नाममा मात्र नभई मधेस प्रदेश प्रहरी इकाईका प्रमुख डिआईजी र नेपाल प्रहरी संगठनकै प्रमुख धिरज प्रताप सिंहको नाममा समेत रकम उठाउन पछि हट्दैन्न । कारण हो, नेपाल प्रहरी संगठन प्र्रमुखकै छत्रछाया ।
नेपाल सरकार, मन्त्री परिषदको मिति २०७९ बैशाख १८ गतेको निर्णय अनुसार नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त हुनु भएका २९ औं प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह हुन । प्रहरी महानिरीक्षक सिंहलाई एउटा असल र इमान्दार छबिको रुपमा मानिएपनि केही बिचौलीया र भ्रष्ट कर्मचारीहरुको गलत रवैयाका कारण अंकुश लाग्न बेर लागेन । सरल र इमान्दार प्रहरी महानिरीक्षकको रुपमा चयन हुनु भएका धिरज प्रताप सिंहको कार्यकालमा पनि तस्करी धन्दा नियन्त्रण हुन नसक्नु दुर्भाग्यको बिषय बनेको छ ।
पर्सा जिल्ला अर्थात मुलुकको सबै भन्दा बढी राजस्व उठ्ने ठाउको रुपमा मानिन्छ । तर पर्सा जिल्लाबाटै सबै भन्दा बढी राजस्व छलि हुने गरेकोपनि हालको तस्करी धन्दाले प्रष्ट पारेको छ । तस्करी धन्दा प्रहरीकै सहयोग र संरक्षणमा हुने गर्दछ । हालको समयमा ठुला वडा तस्करहरु प्रहरीकै सहयोग र संरक्षणमा सलबलाएका छन । घरायसी प्रयोजनका लागि भारतबाट मालसमान लिनेहरुका लागि एन र ठुला वडा तस्करहरुलाई चैन भएको महसुस गर्न थालिएको छ ।
जिल्लामा शान्ति सुरक्षा प्रदान गरिने मन्सायले जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखा र क्यूआरटी शाखाको नाममा दुई ग्रुपमा टोली गठन गरिएको छ । तर गठन गरिएको प्रहरी टोली नै आर्थिक प्रलोभनमा परे पश्चात तस्करी धन्दा बाहेकका कामहरु बिर्सिएर गएको पर्सेली सर्वसधारण जनताहरु बताउछन । बिचौलीयाहरु पनि क्राइम शाखा र क्युआरटी टोलीकै माध्यमले परिचालन भएको बारे जानकारहरु बताउछन । जसका कारण पिडामा परेकाहरु न्याय मांग्न प्रहरीमा जादा हजारौ, लाखौको बार्गेन्निङ हुने गरेको एक पिडितले आफ्नो दुखेसो यस अनलाइन माझ राखे । प्रहरीको मुद्धा शाखादेखी लिएर तस्करी धन्दासम्ममा बिचौलीया परिचालन भएका छन, उनले बताए । हालको समयमा बिचौलीयाका कारण पिडितलाई थप पिडामा बस्न बाध्य पारिएको समेत उनले बताए ।
पर्सा जिल्लाको नाकाहरुबाट यसरी हुन्छ ठुला वडा तस्करहरुको तस्करी धन्दा
पर्सा जिल्लाको ईनर्वा गाउबाट कुख्यात तस्कर ईमरानलाई कवाड र कपडा, अजय र निरु भनिनेलाई माछा, वीरगंज भन्सार अगाडीबाट शम्भुलाई मदिरा, अनिललाई कपडा, केदारलाई कपडा, वीरगंजको छपकैया हुदै बबन, बेचु, रम्भु भनिने तस्करलाई कपडा, अमरपटीबाट अनुपलाई चल्ला, अशोकलाई कपडा, प्रसौनीभठाबाट नौसाद र अलि भनिनेलाई भैसी, भिष्वाबाट मुन्ना, लडु, पप्पु भिनिनेलाई कस्मेटीक र सुपारीको धन्दा, टिहुकीबाट धान र मिठा, भिखमपुर जानकीटोेला नाकाबाट महादेव भनिनेलाई भैसी, अदालत भनिनेलाई चल्लाको काम गर्न लाइन पाएका छन । पर्सा जिल्लाको नामुद तस्करहरुले मासिक रुपमा बिचौलीयाहरुको माध्यमले नगद नरायण क्राइम शाखामा पुरयाउदै आएको कारण तस्करी धन्दा मौलाएको बुझिन्छ ।
यति मात्र नभई स्थानीय प्रहरी चौकीहरुमा घुमुवा र जिल्ला प्रहरी कार्यालयका लागि बिचौलीया परिचालन गरेको पाइन्छ । स्थानीय प्रहरी चौकीको घुमुवा र बिचौलीया बिच साटघाट भए पश्चात तस्करी धन्दाको कुरो सजिलै पाउने गरेको एक तस्कर श्रोत बताउछन । बिचौलीयाहरुले बदनाम गर्ने डरले त्रसित रहेका जिल्लाका क्राइम शाखाका कर्मचारीहरु सजिलै तस्करी धन्दाको लाइन दिने गरेको समेत प्रहरी श्रोत बताउछन । यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको यसतर्फ ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment