ग्यासको मूल्यमा बृद्धि

काठमाडौं ,फागुन २७: नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको छ।  निगम प्रवक्ता सिताराम पोखरेलका अनुसार शुक्रबार राति १२ बजेटबाट लागू हुनेगरी ग्यासको मूल्य बढेको हो।

ग्राहकले १३ सय ५० तिर्दै आएको सिडिण्डरलाई अब १३ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ। पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य भने वृद्धि नभएको आयल निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेशनले मार्च एक तारिखमा प्रति सिलिण्डर तीन सय १३ रुपैयाँ मूल्य वृद्धि गरी मूल्य सूची नेपाल आयल निगमलाई पठाएको आधारमा निगमले शुक्रबार ग्यासको मूल्य बढाएको हो ।

श्रोत :अन्नपुर्ण पोस्ट

Comments (0)
Add Comment