क्यान्सर अस्पताललाई नै ‘क्यान्सर’

काठमाडौं, पुस ६: भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको सरकारी छानबिन टोलीले देखाएको छ।

व्यवस्थापकीय हिसाबले अस्पताल अधोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन टोलीले अनियमितता भएको ठहर गरेको हो ।

टोलीको प्रतिवेदन आउनेवित्तिकै स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण सोधेका थिए ।
छानबिनका क्रममा टोलीले आर्थिक रुपमा वाषिर्क बजेटभन्दा बढी र स्रोत नै सुनिश्चित नभई २६ करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिएको तर करोडौं मूल्यका उपकरण खरिद प्रक्रियामा आपसी विवादका कारण अड्किएको जनाएको छ ।

समितिले चीन सरकारले सहयोगस्वरूप दिएको २७ करोडबरारबरको उपकरण प्राप्त भएपछि हालसम्म त्यसको प्याकेजसमेत नखोली जडानमा चासै नदिएको समेत औंल्याएको छ।यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

Comments (0)
Add Comment