आजदेखि तेस्रो राष्ट्रिय पुस्तक मेला

काठमाडौँ, ५ फागुन : नेपाल प्रज्ञा(प्रतिष्ठानमा बिहीबारदेखि तेस्रो राष्ट्रिय पुस्तक मेला सुरु हुँदैछ। प्रतिष्ठान र नेपाल पुस्तक बिक्रेता तथा प्रकाशक संघको संयुक्त आयोजनामा हुने पुस्तक मेला फागुन १४ गतेसम्म चल्नेछ। मेलाको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

पुस्तक बिक्रेता तथा प्रकाशक संघले नेपाली पुस्तकहरुको प्रवर्द्धन गरी पठन संस्कृतिको विकास गर्ने उद्देश्यले ०७० सालदेखि हरेक वर्ष पुस्तक मेला आयोजना गर्दै आएको छ। प्रज्ञा(प्रतिष्ठान, साझा प्रकाशन, फाइनप्रिन्ट, भृकुटी बुक्स, पैरवी प्रकाशनलगायतका प्रकाशक सहभागी हुने मेलामा ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको संघले विज्ञप्तिमा जनाएको छ।

मेला अवधिभर पुस्तक विमोचन तथा साहित्यिक बहसका विभिन्न कार्यक्रम समेत हुनेछन्। गत वर्ष भूकम्पका कारण मेला स्थगित भएको थियो।

Comments (0)
Add Comment