Ultimate magazine theme for WordPress.

युवकको हत्या गरी फरार दम्पती पक्राउ

39

बारा, ०८ बैशाख / बारामा एक युवकलाई हत्या गरी फरार रहेका दम्पतीलाई बारा प्रहरीले ५ महिना पश्चात पक्राउ गर्न सफल भएको छ । बारा प्रहरीले हत्या गरी फरार रहेका दम्पतीलाई भारतको केरला मलप्प्ुरमबाट पक्राउ गरेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ निवासी २२ बर्षिय सुरज भन्ने महेश साहलाई हत्या गरेको अभियोगमा दम्पतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाराले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बोगटीले वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वा निवासी २४ बर्षिय रामु भनिने कैलाश महतो र २० बर्षिय रोशनी देवीलाई पक्राउ गरिएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाराले गरेको अनुसन्धानबाट बिवाहित महिला रोशनी र मृतक महेश साह बिच अनैतिक सम्बन्ध रहेको खुल्न आएको छ । अनैतिक सम्बन्धको बिषयमा रोशनीको श्रीमानले खबर पाए पश्चात रंगेहात पक्राउ गरे पश्चात विवाद समेत भई दम्पतीले महेश साहको हत्या गरेको बारा प्रहरीले जनाएको छ । रोशनी भनिने हिरा देवी र निजका श्रीमान रामु भनिने कैलाश महतोले डिस केबलको तारले घाटीमा कसी कर्तव्य गरी हत्या गरेको प्रहरी उपरीक्षक बोगटीले बताए ।
हत्या गरी फरार रहेका दम्पतीलाई भारतको केरला मल्प्पुरमबाट पक्राउ गरिएको छ । निजहरुलाई केरला प्रहरी संग सम्वन्य गरी खोज तलाश गरिरहेको बेला बैशाख ६ गते नेपाल र भारतको सीमाना नजिकबाट प्रतिवादीहरु रामु भनिने कैलाश महतो र निजको श्रीमति रोशनी भनिने हिरा देवीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।
कैलाश महतो र निजको श्रीमति रोशनी भनिने हिरा देवी माथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी निजहरुलाई न्याययिक हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.