Ultimate magazine theme for WordPress.

उल्टै चोर कोतवालको डाटे उख्खान झै बने प्रशासकीय अधिकृत पाल

182

बारा, २९ चैत्र / बारा जिल्लाकै बदनाम प्रशासकीय अधिकृतको रूपमा मानिने वकिल पाल उल्टै चोर कोतवालको डाटे उख्खान झै बनेका छन । पटक पटक फर्जि कागज बनाउन सिपालु रहेका वकिल पाललाइ देवताल गाउपालिकाले हाजिर गराउन नमान्दा उल्टै चोर कोतवालको डाटे भन्ने उख्खानको बाटोमा मिडियालाइ प्रयोग गर्दै आएका हुन ।

फर्जि कागज बनाएर बिभिन्न मुद्दामा मुछिएका प्रशासकीय अधिकृत वकिल पाल देवताल गाउपालिकामा गएकै दिन पुन: फर्जि कागज बनाएकै कारण हाजिर गराउन नसकिने देवताल गाउपालिकाका अध्यक्ष चन्दन सिंहले जानकारी दिनुभयो । उहाले बाराको फेटा गाउपालिकाबाट फर्जि कामकै कारण २ महिना नबितिदै लखेटिको उल्लेख गर्दै यस्ता भ्रष्ट प्रशासकीय अधिकृतलाइ कुनैपनि हालतमा हाजिर हुन दिन बताएका छन ।

फर्जि र किर्ते कागजको सहयोगमा गाउपालिका संचालनमा ल्याउन नसक्ने बताउदै अध्यक्ष सिंहले प्रशासकीय अधिकृत पाललाइ कुनैपनि सर्तमा हाजिर गराउन नसकिने बताएका छन । हाजिर हुने दिन नै पालले किर्ते जालसाजि गरि गाउपालिकाको लेटरप्याडको नमूना बनाइ चलानि र छाप बिनै हाजिर हुन खोजिएको कारण त्यसता भ्रष्ट अधिकृतलाइ कुनैपनि हालतमा हाजिर गराउन नसकिने बताएका हुन । उहाले पाल बाहेक कुनै अर्को प्रशासकीय अधिकृतलाइ हाजिर गराउन तयार रहेपनि किर्ते र जलसाजि गर्ने अधिकृतलाइ आफ्नो गाउपालिका भित्र छिर्न समेत नदिने बताए ।

यता देवताल गाउपालिकामा हाजिर हुन गएका प्रशासकीय अधिकृत वकिल पाललाइ हाजिर नगराउदा उल्टै चोर कोतवालको डाटे भन्ने उख्खानमा लागेको देखिन्छ । हाजिर हुन गएका पाल सोहि दिन फर्जि कागजको अधारमा हाजिर हुन खोज्दा अध्यक्ष सिंहले उनलाइ गाउपालिकाबाट लखाटेका थिए । लखेटिएका पाल केहि मिडियालाइ अधार बनाइ अध्यक्ष सिंहलाइ समेत बदनाम गर्न आतुर भएको एक भिडियो क्लिपबाट प्रमानित भएको छ ।

प्रशासकीय अधिकृत वकिल पाल बारा जिल्लाकै बदनाम अधिकृत मध्ये एक हुन । उनले फेटा गाउपालिकाबाट लखेटिदा बारागढि गाउपालिकामा पुगेका थिए । तर त्याहापनि हाजिर नगराउदा स्थानीय प्रतिद्वन्द्वी सङ्ग सहकार्य गरि बारागढिमा समेत द्वन्द उतपन्न गराएका थिए । जसकारण बारागढिबाट समेत प्रशासकीय अधिकृत पाल लखेटिएका थिए । रौतहटको राइस मिल घटनादेखि लिएर स्थानीय तहमा समेत बदमासि गर्दै आएको बारे देवताल गाउपालिकाका अध्यक्ष चन्दन सिंहले जानकारी पाउनसाथ हाजिर नगराइएको देवतालका कर्मचारीहरू बताउछन ।

यस्तो फर्जि र किर्ते कागजको अधारमा पटक पटक बिवादमा पर्दै आएका प्रशासकीय अधिकृत वकिल पाल माथि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमान्डूको साथ साथै निर्वाचन आयोग नेपालको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.