Ultimate magazine theme for WordPress.

सीमा नाकामा राजस्व गस्ती टोलिको निगरानी, लाखौ बराबरको मालसमान बरामद

325

उमेश दुबे
पर्सा, ८ जेष्ठ / नेपाल र भारतको सीमा नाकामा बिरगंज भन्सार राजस्व गस्ती टोलिको निगरानी बढ्दै जादा तस्करहरूमा हडकम्प मचेको छ । बिरगंज भन्सार राजस्व गस्ती टोलिले पर्साको विभिन्न ठाउहरूबाट लाखौ बराबरको मालसमान बरामद गरेको हो ।
बिरगंज भन्सार राजस्व गस्ती टोलिका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीको कमान्डमा खटिएको टोलिले पर्साको विभिन्न ठाउहरूबाट लाखौ बराबरको कपडा, मोटरपार्टस लगायतका मालसमान पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा नाकाबाट बढ्दै गइरहेको तस्करीलाई नियन्त्रणको लागि राजस्व टोलिलाइ खटाइएको र प्रत्येक दिन झै आज पनि करीब १ लाख ८ हजार बराबरको अबैध तरिकाले नेपाल भित्रिदै गरेको अवस्थामा कपडा, पार्टसका समानहरू पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताउनु भयो ।
सीमा नाकाबाट हुने तस्करी नियन्त्रण गर्नको निम्ति राजस्व गस्ती टोलि व्यापक रूपमा परिचालन गरिएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । सीमा नाकाबाट हुने तस्करी लगायत हुने गरेको अपराधी कृयाकलाप समेत निगरानी बढाइएको सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.