Ultimate magazine theme for WordPress.

मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

104

काठमाडौँ, चैत्र २: व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका छन् ।

वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी उनले दिए।

साथै उनले बैठकको आजको कारबाही बहिष्कार गर्ने घोषणा पनि गरे । उक्त घोषणासँगै सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय समाजवादी पार्टीलगायत दलका सांसद बैठककक्षबाट बाहिरिए ।

सो बैठकमा सांसद रामकृष्ण यादवले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन गर्नुपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे ।

सांसदहरू रेवतीरमण भण्डारी, प्रेम सुवाल, लोकमणि ढकालले समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए । रासस

Leave A Reply

Your email address will not be published.