Ultimate magazine theme for WordPress.

५४ जना विद्युत् प्राधिकरण वीरगंज शाखाका कर्मचारी एकैपटक सरुवा

42

वीरगंज, माघ १४ : नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रमा कार्यरत ५४ जना कर्मचारीहरूको एकैपटक सरुवा भएपछि  कर्मचारीबीच कोलाहल मचेको छ ।
नेपाल विद्युत् प्राधिकरण क्ष्Fेत्रीय कार्यालयले क्ष्Fेत्रभरिमा २ सय ६० तथा पर्सामा ५४ जना कर्मचारीको सरुवा गरेको हो । यस ऐतिहासिक सरुवापछि कार्यालय दिनभरि सुनसान भएको छ भने अधिकांश फाँटहरू बन्द छन् ।

१५ वर्षदेखि केही कर्मचारीको सरुवा नभएको कारण विद्युत् चुहावटमा उनीहरूको प्रत्यक्ष संलग्नता रहेको आशङ्कामा क्ष्Fेत्रीय कार्यालयले सरुवा गरेको समाचार स्रोतको दाबी छ । विभागले सरुवाको अधिकार क्ष्Fेत्रलाई दिएपश्चात् वीरगंज शाखाका कर्मचारीहरूलाई क्षेत्रभरि नै सरुवा गरेको स्रFेतले बताएको छ ।

नियमतः तीन वर्षमा सरुवा हुनुपर्ने भए पनि १५ वर्षदेखि कर्मचारीहरू वीरगंज शाखामा कार्यरत थिए । पियन र चालकबाहेक तीन वर्ष नाघेका सम्पूर्ण कर्मचारीको सरुवा भएको देखिन्छ । ५४ जनाको सरुवा गरे पनि ३६ जना कर्मचारी मात्र वीरगंज शाखामा पठाउने कर्मचारी स्रोतले जनाएको छ ।
दरबन्दी अनुसार पहिले नै ४० जना कम रहेकोमा हाल १८ जना पुनः दरबन्दीमा कटौती गरेपछि विद्युत् सेवामा समस्या हुन सक्ने कर्मचारीले बताएका छन् ।
हाल विद्युत् प्राधिकरण, वीरगंजमा ९४ जना कर्मचारी कार्यरत छन् । स्रोतका अनुसार वीरगंज शाखामा कार्यरत कर्मचारीको कारण वीरगंज क्ष्Fेत्रका गाविस, शहर तथा कलकारखानाको विद्युत् मिटरबाट विद्युत् चुहावट हुने गरेको कारण उनीहरूको एकैचोटी सरुवा भएको स्रोतले बताएको छ । देशभरि आज २५ सय भन्दा बढी कर्मचारीहरूको सरूवा भएको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.