Ultimate magazine theme for WordPress.

१० प्रदेश नभई संशोधन प्रस्ताव मान्दैनौंः तमलोपा अध्यक्ष ठाकुर

40

विराटनगर, माघ ७ : तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले मधेसी मोर्चाको १० प्रदेशको माग रहेको र सोअनुरुप उक्त प्रस्तावलाई परिमार्जन नगरिएको अवस्थामा समर्थन गर्न नसकिने बताए।

सीमाङ्कन विवाद टुङ्गो नलागेको र निर्वाचनको लागि कानुन पनि नबनेको अवस्थामा निर्वाचन हुन नसक्ने उनले उल्लेख गरे। ‘यही अवस्थामा सरकारले निर्वाचन गर्न खोजे सहभागी हुँदैनौं,’ उनले भने।

जनसङ्ख्या र भूगोलको आधारमा गाउँपालिका र नगरपालिकाको गठन नभएकाले मधेसी मोर्चालाई स्थानीय तहको सम्बन्धमा आयोगले पेस गरेको प्रतिवेदन मान्य नहुने जानकारी उनले जानकारी दिए। उनले सीमाङ्कनको हेरफेरका साथै मधेसी मोर्चाको माग पूरा नभएसम्म संसदीय निर्वाचनलाई समर्थन गर्न नसकिने स्पष्ट पारे। रासस

Leave A Reply

Your email address will not be published.