Ultimate magazine theme for WordPress.

होलि पर्वलाई मध्यनजर गर्दै डिआइजी श्रेष्ठले दिए यस्तो कडा निर्देशन

708

उमेश दुबे
पर्सा, ५ चैत्र / नेपाल र भारतको सीमा लगायत आफ्नो छेत्रमा पर्ने सबै ठाउहरूमा खटिएका सशस्त्र प्रहरीलाई डिआइजी प्रवीण श्रेष्ठले कडा निर्देशन दिएका छन । हिन्दुहरूको महान चाडको रूपमा मानिने होलि पर्वलाई मध्यनजर गर्दै सीमा लगायत सबै ठाउहरूमा कडाइ गरिने निर्देशन दिनु भएको हो ।
प्रदेश नम्बर २ बाहिणिका प्रमुख डिआइजी प्रवीण श्रेष्ठले छिमेकी देश भारतको बिहारमा जाड/रक्सी बन्द भएकोले सीमा वारि आएर जाड/रक्सी खाएर होहल्ला तथा हुनसक्ने अपराधी क्रियाकलापमा समेत निगरानी बढाउन निर्देशन दिनु भएको हो । डिआइजी श्रेष्ठले यस जन गुनासो अनलाइन सङ कुरा गर्दै सीमामा कुनै किसिमको बिबाद हुन नदिन र विशेषगरी अपराधी क्रियाकलापलाई निगरानी गर्नको निम्ति यस्तो निर्देशन दिएको बताउनु भयो ।
बिहारमा मदिरा पसल बन्द हुनसाथ सीमा नाका भित्र मदिरा पसल छ्याछ्याप्ती सन्चालन भएकोले छिमेकी देश भारतको बिहारबाट होलिको अवसरमा सर्वसाधारण नेपाल भित्र प्रवेश गरि जाड/रक्सी खाइ होहल्ला गर्ने र खास गरि होहल्लाको बहानामा अपराधी क्रियाकलाप हुन सक्ने सम्भावनालाई मध्यनजर गरि यस्तो निर्देशन दिएको डिआइजी प्रवीण श्रेष्ठले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.