Ultimate magazine theme for WordPress.

हुन्डी कारोबारको शन्कामा सून पसलमा पर्सा प्रहरीको छापा

157

उमेश दुबे
पर्सा, ९ असार / हुन्डी कारोबारको शन्कामा पर्सा प्रहरीले सून पसलमा छापा मारेको छ । बिरगंज महानगरपालिका वडा नम्बर ६ स्थित रहेको सून पसलमा हुन्डी कारोबार भइरहेको सूचनाको अधारमा पर्सा प्रहरीले छापा मारेको हो ।
पर्सा प्रहरीले छापा मार्नसाथ २ जना भारतिय नागरिक सहित ६ जना नेपाली नागरिकलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक आन्नत शर्माले जानकारी दिनुभयो । उहाले हुन्डी कारोबारको बिषयमा सूचना आउनसाथ पर्सा प्रहरीले छापा हान्दा कारोबारमा सन्लग्नलाई नियन्त्रणमा लिनुको साथै हालसम्म करीब ४१ लाख भन्दा बढी रकम बरामद गरिएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.