Ultimate magazine theme for WordPress.

हत्या गरि जलाउन लैजादै गरेको आशन्कामा प्रहरीद्वारा शब नियन्त्रणमा, परिवारका सदस्य र आफन्तहरू फरार

58

बिरगंज ६ बैशाख । बिरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तामा हत्या गरेको आशन्कामा प्रहरीले एउटा शब नियन्त्रणमा लिएको छ । प्रसौनी बिर्ता निवासी पन्नालाल दासको श्रीमतीलाई आफन्तबाटै हत्या हुनसक्ने आशन्कामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ बर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको छ । पन्नालाल दासकी श्रीमती अञ्जुदेवीको परिवारकै सदस्यबाट हत्या भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । अञ्जुदेवीलाई हत्या गरि जलाउन सिर्सिया खोला किनारस्थित गैया घाटमा लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शबलाइ जलाउन लैजादै गरेको अवस्थामा केहि परिवारको सदस्य र आफन्तहरू प्रहरी हेर्नसाथ फरार भएका छन । घटना के कसरी घटेको बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । एक जना स्थानियका अनुसार प्रहरीलाई हेर्नसाथ परिवारको सदस्य सहित आफन्तहरू फरार हुनु नै हत्या भएको प्रमाणित गर्दछ, प्रहरीले राम्ररी अनुसन्धान गर्यो भने हत्या भएको बारे प्रष्ट हुन्छ ।

Leave A Reply

Your email address will not be published.