Ultimate magazine theme for WordPress.

स्वास्थ्य शाखालाई झुक्याउदै एल.एस.न्यूरो अस्पताल संचालन

175

उमेश कुमार दुबे / बारा, ७ फागुन / पर्सा जिल्लामा अस्पताल संचालन गरी ठगि धन्दामा नामुद नाम कमाउन सफल भएको एल.एस. न्यूरो अस्पताल, हालपनि बिचौलीयाकै माध्यमले संचालन भएको बारे रहस्य उजागर भएको छ । पर्सा जिल्लामा अस्पताल बारे चर्तिकला उजागर हुनासाथ हाल बाराको परवानिपुर गाउपालिका वडा नम्बर ५ स्थित बिचौलीयाकै माध्यमले पुनः संचालनमा आएको बारे रहस्य उजागर भएको हो ।
बाराको परवानिपुर गाउपालिका वडा नम्बर ५ नेवतन नजिकै संचालनमा रहेको एल.एस न्यूरो अस्पतालमा हालपनि ठगि धन्दा कायमै रहेको खुलेको छ । पर्सा जिल्लाको बिभिन्न अस्पतालहरुमा आफ्नो बिचौलीया परिचालन गरी बिरामीहरुलाई ठग्ने प्रयास मात्र गरिएको छैन, बिरामीहरुले डाक्टरहरु माथि गरेको आशा र बिश्वासका साथ पनि खेलवाड गरिएको बारे प्रष्ट हुन्छ । वीरगंज महानगर भित्र संचालनमा रहेको बिभिन्न प्रतिष्ठित अस्पतालहरुमा आफ्नो बिचौलीया परिचालन गरी न्यूरो अस्पतालले ठगि धन्दा मचाउदै आएको यस घटनाले प्रमाणित समेत गरेको छ ।
वीरगंज महानगरपालिका भित्र संचालनमा रहेको प्रभु अस्पताल, भवानी अस्पताल एण्ड रिसर्च सेन्टर र तराई अस्पतालको अगाडी नै न्यूरो अस्पतालको बिचौलीयाहरु हाबि हुदै गएको बुझिन्छ । प्राप्त एक भिडियो क्लिपका अनुसार बिचौलीयाले तराई अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई छुटको लोभ दिदै न्यूरो अस्पतालमा उपचार गराउन जान सुझाएको देखिन्छ । बिरामीले ग्रसित भई तराई अस्पतालमा उपचार गराउन पुगेका बिरामीलाई फकाउदै बिचौलीयाले गरेको यस्तो कर्तुतले गर्दा, डाक्टरहरु माथि बिरामीहरुले गरेको बिश्वास गुम्दै गएको बुझिन्छ ।
एम्बुलेन्सका चालकहरुलाई समेत कमिसन
यति मात्र नभई एम्बुलेन्सका चालकहरुलाई समेत न्यूरो अस्पतालले कमिसनको प्रलोभन दिने गरेको खुलेको छ । एम्बुलेन्सका चालकहरुलाई प्रति बिरामी ५ देखी १० हजारसम्म कमिसन दिने गरेको कारण अधिकांश बिरामी एल.एस. न्यूरो अस्पतालमा पुग्ने गरेको जनाइन्छ । बारा र पर्सा जिल्लाको ग्रामिण भेगहरुबाट संचालित रहेको अधिकांश एम्बुलेन्स चालकलाई कमिसन दिने गरेको एक एम्बुलेन्स चालक नै बताउछन । उनका अनुसार चालकहरुलाई कमिसन दिने गरेकै कारण वीरगंजको अस्पताल जानु पर्ने ठाउमा बाराकै एल.एस. न्यूरो अस्पतालमा बिरामी पुग्ने गरेको बताउछन ।
स्वास्थ्य शाखालाई पनि झुक्याउदै एल.एस.न्यूरो अस्पताल
स्थानीय तह लगायत स्वास्थ्य शाखामा बेड संख्या १ सय रहेको एल.एस.न्यूरो अस्पतालकै कर्मचारी बताउछन । तर एल.एस.न्यूरो अस्पतालमा करिब ३ सयको हराहरीमा बेड संख्या रहेको उनको दावी रहेको छ । स्थानीय पालिकाको स्वास्थ्य शाखाले अनुगमन कार्य नगरेको कारण न्यूरो अस्पतालका संचालक, मनमौजी पाराले नियम कानुनको धज्जि उडाउदै काम गरेको बारे छर्लङ हुन्छ ।
शुक्रवार बारा जिल्लाबाट प्रकाशित शुभ आरम्भ दैनिकले प्रकाशित गरेको पत्रिकामा “पर्सा जिल्लाको बिभिन्न प्राइवेट अस्पतालमा एल.एस. न्यूरोको बिचौलीया परिचालन” नामक शिर्षक राखी डाक्टर श्यामबाबु पटेलको प्रतिकृया सहित समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित हुनासाथ डाक्टर पटेल बहुलाउदै प्रकाशक अनिल पाण्डेलाई फोन गरी धम्काएको बारे समाचार उजागर भएको छ । यस बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.