Ultimate magazine theme for WordPress.

स्ववियु निर्वाचन फागुन १४ गर्ने निर्णय, यस्तो छ तालिका

106

काठमाडौँ, १४ माघ – त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते गर्ने निर्णय भएको छ ।

शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तरगत रहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितिको माघ १३ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

समितिका सदस्य सचिवद्वारा सम्पूर्ण क्याम्पस प्रमुखहरुलाई पठाइएको पत्रमा फागुन १४ गते निर्वाचन सम्पन्न गर्ने निर्णय भएको व्यहोरा उल्लेख गर्दै सम्पूर्ण क्याम्पसहरुमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षमा विद्यार्थी भर्ना माघ १५ गतेदेखि बन्द गर्न निर्देशन दिइएको छ ।

त्यस्तै पत्रमा निर्वाचन तालिका पनि उल्लेख छ ।
जसअनुसार,
फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने,
फागुन ३ गते एक बजेसम्म मतदाता सूची उपर दावी विरोध गर्ने
फागुन ५ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ४ गते ११ बजेदेखि ५ जबेसम्म उम्मद्वारको मनोनयन पत्र वितरण गर्ने
फागुन ५ गते ११ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन पत्रको शिलबन्दी नामावली दाखिला गर्ने
फागुन ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेद्वारको नामावली प्रकाशित गर्ने
फागुन ६ गते २ बजेसम्म उम्मेद्वारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय
फागुन ६ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ८ गते १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय
फागुन ८ गते ४ बजे अम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने
फागुन १४ गते मतदान मिति

Leave A Reply

Your email address will not be published.