Ultimate magazine theme for WordPress.

स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा जनलहर बढ्दै, श्रीपुरमा भव्य स्वागत

52

पर्सा, २४ कात्तिक / वीरगंजमा चुनावी सरगर्मी छाएको छ । चुनावी मैदानमा गठबन्धन बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीको घरदैलो कार्यक्रममा हजारौ युवाहरु सहभागि जनाउदै भव्य रुपले स्वागत गर्नुको साथै घरदैलोमा समेत सहभागि जनाउदै एकयवद्धता जनाएका हुन ।
बिहिवार बिहान करिब ७ बजेदेखी वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा घरदैलो कार्यक्रम रहेको सुचना पाउनसाथ स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई युवा तथा बृद्धहरुले भव्य स्वागत गर्नुको साथै घरदैलोमा समेत सहभागिता जनाएका थिए । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदी स्वच्छ छबि भएका र केही गर्न सक्ने आट राख्ने नेताको रुपमा मानिएकोले समर्थन गरिएको स्थानीय युवाहरु बताउछन ।
वीरुगंज महानगरपालिका वडा नम्बर ११ निवासी अशोक साहका अनुसार यस अगाडी निर्वाचित गराएर पठाएका माननीयले आफ्नो क्षेत्रमा काम गर्न नसकेको कारण यसपालि परिवर्तनको निम्ति अजय द्विवेदीको पक्षमा उभिएको बताए । उहाले मात्र परिवर्तनको लागि होइन, वीरगंजको मुहार फेर्न सकिने भएकोले यसपालिको निर्वाचनमा स्वतन्त्रको पक्षमा उभिएको बताए । निर्वाचनको समयमा एकाधिकार मत प्रयोग गर्ने जनता नै हुन तर निर्वाचित भए लगतै त्यही नेताले निर्वाचित गराउने जनतालाई दास झै व्यवहार गर्ने गरेको कारण पनि स्वतन्त्रको पक्षमा उभिएको, उनले बताए ।
अर्का स्थानीय रामनिवास मण्डलका अनुसार मधेसको मांग पुरा हुने आश्वास दिदै यसअघि निर्वाचनमा निर्वाचित भएका नेताले आफ्नो कुर्सीको लोभमा मांग पुरा गर्न नसकेको आरोप लगाए । उनका अनुसार मधेस आन्दोलनमा शहादत भएकाहरुको मुर्ती त बनाईयो, तर संरक्षण हुन सकेन, मधेसी जनताको लागि एक बृद्धले आफ्नो सन्तान त गुमाए तर आश्वास बाहेक केही पाएन्न । निर्वाचनको समयमा मधेसी जनता निर ठुला ठुला भाषण गरेका नेताहरुले एउटा पनि आश्वासन पुरा गर्न सकेन्न । मधेसी दलको नाममा उल्टै मधेसीहरु ठगिएको, उनले बताए । जसका कारण अहिलेको समयमा गठबन्धन भन्दा पनि स्वतन्त्रको पक्षमा जनलहर बढ्दै गएको रामनिवास मण्डलले जानकारी दिनुभयो ।
यता पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले यसपालिको निर्वाचनमा गठबन्धनका नेताहरु जति प्रयास गरेपनि मधेसी जनता नठगिने बताएका छन । मासु र रक्सीको भरमा निर्वाचित हुदै आएका नेताहरुको जवाफ यहिका जनताले आफ्नो एकाधिकार मतले दिने, उनले बताए । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनताको जित हुने बिश्वस्त रहेको बताए ।

Leave A Reply

Your email address will not be published.