Ultimate magazine theme for WordPress.

स्थानीय तहको निर्वाचन सफल बनाउन सशस्त्र प्रहरी बल नेपालको अहम भुमिका

367

बारा, १२ जेष्ठ / स्थानीय तहको निर्वाचन २०७९ सफल बनाउन सशस्त्र प्रहरी बल नेपालले अहम भुमिका खेलेको प्रष्ट भएको छ । सशस्त्र प्रहरी बल नेपालले मधेस प्रदेशको आठ वटै जिल्लामा स्थानीय तहको निर्वाचन सु—सम्पन्न गराउन सफल भएको हो ।

स्थानीय तहको निर्वाचनमा सबै भन्दा बढी बिवादित मधेस प्रदेश रहेको ठाउलाई मानिएपनि हाल सम्पन्न स्थानीय तहको निर्वाचनमा सबै भन्दा बढी सशस्त्र प्रहरी बल नेपालले अहम भुमिका खेलेको बारे प्रष्ट हुन्छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख गणेश ठाडा मगरको आदेशले स्थानीय सशस्त्र प्रहरी बेस, बोर्डर आउट पोष्ट लगायत सशस्त्र प्रहरी गणहरुबाट व्यापक रुपमा सशस्त्र प्रहरी परिचालन गरी सफलता पूर्वक स्थानीय तहको निर्वाचन सम्पन्न हुन पुगेको हो ।

स्थानीय तह निर्वाचनको समयमा मधेस प्रदेशको बिभिन्न जिल्लाहरुमा बढ्ने गरेको अपराधीक कृयाकलापलाई मध्य नजर गर्दै व्यापक रुपमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बारा, पर्सा, रौतहट लगायत मधेस प्रदेशको आठ वटै जिल्लाहरुमा सीमा लगायत ग्रामिण भेगहरुमा निगरानी बढाउन व्यापक रुपमा स्कवाड टोली समेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको हो । स्थानीय तहको निर्वाचनको समयमा हत्या, हिंसा, गुन्डागर्दी, अपहरण जस्ता कृयाकलाप हुन नदिनको निम्ति व्यापक रुपमा सशस्त्र प्रहरी परिचालन गरिएको २ नम्बर बाहिनीले जनाएको छ ।

यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले स्थानीय तहको निर्वाचन २०७९ सफल गराउन स्थानीय तहबाट समेत सहयोग पाएकै कारण सफल हुन सकेको बताए । उहाले स्थानीय सहयोग र सदभावका कारण चुनौतीपूर्ण ठाउको रुपमा चिनिएको मधेस प्रदेशमा स्थानीय निर्वाचन २०७९ गराउन सफल भएको बताउनु भयो । सुचना बिनाको प्रहरी कोरा कागज झै रहेको संज्ञा दिदै सुचना आदान प्रदान गर्नुले जस्तो सुकै समस्या समाधान हुने गरेको यस स्थानीय तहको निर्वाचन सफलले प्रमाणित समेत गरेको उनले जिकिर गरे ।

Leave A Reply

Your email address will not be published.