Ultimate magazine theme for WordPress.

स्थानीय जनप्रतिनिधि मिश्रलाइ धाक धम्की हेराउदै पैसाको माङ्ग गर्ने अन्सारीको पर्दाफास

904

उमेश दुबे
पर्सा, २६ जेष्ठ / बिरगंज महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्रलाइ धाक धम्की हेराउदै पैसाको माङ्ग गर्ने अन्सारीको पर्दाफास भएको छ । वडा नम्बर २६ का जुमइ अन्सारीको छोरा हिरा अन्सारीले वडा अध्यक्ष मिश्रलाई आफ्नै सालोको माध्यमले पैसको माङ्ग गरेको र नदिए मुद्दा हाल्ने अडियो रेकर्ड सार्वजनिक भएपछी अन्सारीको पर्दाफास भएको हो ।
बिगत केही महिनादेखी वडा अध्यक्षलाई बदनाम गर्ने तर्खरमा लागेका हिरा अन्सारीले असफल भए पश्चात् आफ्नै श्रीमतीलाई प्रयोग गर्दै वडा अध्यक्षलाई धाक धम्की दिएको स्थानीयले बताउछन । समाजिक संजालमा झुटको खेती गर्दै आएका अन्सारीले प्रत्येक कुरामा बिफल हुँदै आए पश्चात् विभिन्न बहाना गर्दै स्थानीय जनप्रतिनिधि सङ्ग बिबाद गरेको र बिबाद पश्चात् आफ्नै श्रीमतीलाई प्रयोग गरेको अडियो रेकर्डबाट प्रमानित हुन्छ ।
अन्सारीले पार्टीगत बिबेक बुधी लगाएर झुटो रिपोर्ट समेत तयात गरेको उक्त रेकर्डबाट प्रमानित हुन्छ । रेकर्डमा हिरा अन्सारीकै सालोले चोट नलागेपनी मेडिकल रिपोर्टमा चोट हेराइएको बताएका छन । आफ्नो मुद्दा बलियो बनिसकेको छ, वडा अध्यक्ष मिश्रले ६ लाख ५० हजार रूपैया दिए मात्रै सहमतीमा आउछौ भन्दै अनवर अन्सारीले भनेका छन । अन्सारीले आफ्नो भिनाजु हिरा अन्सारी सङ्ग कुरो भइसकेको र ६ लाख ५० हजार दिए मात्रै सहमती हुने नत्र जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दिने बताउदै धम्काएका थिए ।
एउटा स्थानीय जनप्रतिनिधिलाई यस्तो गैर जिम्मेवारी पूर्ण तरिकाले लगाएको आरोप झुटो रहेको प्रमानित भइसकेको छ । यस्तो आरोप लगाउने हिरा अन्सारी लागायत सहयोग गर्ने निजकी स्वास्नी तथा माध्यम बनेका उनको सालो अनवर अन्सारी माथी अनुसन्धान हुन अवाश्यक देखिन्छ । तसर्थ यस्ता झुटको खेती गर्नेहरू माथी समयमै लगाम लगाउन र कानूनको कटघरामा उभ्याउन जरुरी देखिन्छ । नोट : अडियो रेकर्ड हामी सङ्ग सुरक्षित छ ।

Leave A Reply

Your email address will not be published.