Ultimate magazine theme for WordPress.

सोमबार मोर्चासँग छलफल गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने

28

काठमाडौँ, ८ माघ – प्रमुख तीन दलका शीर्ष नेताबीच तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पर्सी सोमबार मधेसी मोर्चासँग एकपटक छलफल गरी निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेको हो ।

‘पर्सी मधेसी मोर्चासँग एकपटक छलफल गरी तत्काल निर्वाचनको मिति घोषणा गर्ने विषयमा दलहरुबीच सैद्धान्तिक सहमति भएको छ’ प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले खबरबलीसँग भने ।

उनका अनुसार बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले वैशाखको अन्तिम साताका लागि निर्वाचन मिति घोषणा गर्न प्रस्ताव गरेका छन् ।

एमाले उपाध्यक्ष भीम रावलले पनि तनि दलबीच तत्काल स्थानीय तहको निर्वाचन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको बताए ।

Leave A Reply

Your email address will not be published.