Ultimate magazine theme for WordPress.

सुशील वनस्पतिमा भीषण आगलागी, ५ घन्टामा पनि नियन्त्रणमा आउन सकेन आगलागी

255

उमेश दुबे
पर्सा, २१ असार / पर्साको बिरगंज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्ता स्थित रहेको सुशील वनस्पतिमा लागेको आगलागी ५ घन्टा बिति सक्दा पनि आगलागी नियन्त्रणमा आएको छैन । आज बिहान करीब ३ बजेको समयमा लागेको आगलागी ८ बजेसम्म नियन्त्रणमा नआएको पर्सा प्रहरीले जनाएको हो ।
आगलागी नियन्त्रण गर्नको निम्ति नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले प्रयास गरिरहेपनी ५ घन्टा बितिसक्दा समेत आगलागी नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्त राज शर्माले बताउनु भयो । उहाले आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जको बारुण यन्त्रले प्रयास गरिरहेको शर्माले बताए ।

Leave A Reply

Your email address will not be published.