Ultimate magazine theme for WordPress.

सुन चोरेको र लागू औषध चरेस बोकेको आरोपमा ३ जना पक्राउ

261

उमेश दुबे
हेटौँडा १६ मन्सिर । सुन चोरेको र लागू औषध चरेस बोकेको आरोपमा मकवानपुर प्रहरीले ३ जनालाइ पक्राउ गर्न सफल भएको छ । विशेष सूचनाको अधारमा सुन चोरी गरेको र लागू औषध चरेस बोकेको आरोपमा ३ जनालाइ मकवानपुर प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले हेटौँडाको बासुदेव मार्गस्थित केदारनाथ सुनचाँदी पसलबाट सुनको सिक्रि र ब्रासलेट गरी ४ तोला ११.७ तोल सुनको गहना लुटी भागेको आरोमा भीमफेदी गाउँपालिका वडा नम्बर ८ का १८ बर्षीय सुरज ओलीलाई पक्राउ गरेको छ । गहना लुटी ना४३प ८२६४ नम्बरको मोटरसाइकल चढि भाग्न खोज्दा सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले चरेस बोकेर मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारीका २५ बर्षीय राजेश यादव र १८ बर्षीय ऋषिकुमार यादव रहेका छन् । पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प ८७८३ नम्बरको मोटरसाइकल भैसेमा चेक जाँच गर्ने क्रममा मोटरसाइकलको सिट र ट्यांकी मुनी फल्स बटम बनाएर लुकाई ल्याएको २५ किलो चरेश बरामद गर्न सफल भएको मकवानपुर प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.