Ultimate magazine theme for WordPress.

सुटुक्क मधेस झरेका प्रचण्ड आजै काठमाडौं फर्किदै

49

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि मंगलबार अपरान्ह मधेस झरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार नै काठमाडौं फर्किने भएका छन् ।

प्रचण्ड मंगलबार अपरान्ह मातृका यादवसँग सिरहा गएका थिए । उनी यति लामो दूरीको बाटो भए पनि प्रधानमन्त्री भएपछि पहिलो पटक स्थलमार्गबाटै सिरहा गएका हुन् ।

संविधान जारी भएपछि आन्दोलित भएको मधेसमा प्रचण्ड प्रधानमन्त्री भएपछि भारत भ्रमणअघि पनि भ्रमण गर्ने तयारी गरेका थिए । तर त्यतिबेला विशेष कारण जनाएर मधेस भ्रमण स्थगित गरेका थिए । मंगलबार प्रचण्ड सुटुक्क सडक मार्ग भएर नै मधेस झरेका थिए । सुरक्षाको कारण पनि प्रचण्ड सुटुक्क मधेस झरेका हुन् । प्रधानमन्त्री सम्भवतः पहिलो पटक स्थलमार्गबाट यति लामो दूरीको यात्रा गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताहरु भेटघाट पनि गर्ने उद्देश्यले प्रचण्ड स्थलमार्गबाटै सिरहा गएका हुन् । तर सिरहामा पार्टीको कुनै औपचारिक कार्यक्रम भने नभएको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ । सिन्धुपाल्चोक लगायतका जिल्लामा भने पटक पटक स्थलमार्गबाटै जाने गरेका प्रचण्ड मधेस यात्रा गरेको पहिलो पटक हो । एक वैवाहिक कार्यक्रममा भाग लिएर बुधबार नै काठमाडौं फर्किने भएका छन् ।

बुधबार प्रमुख तीन दलबीच महत्वपूर्ण छलफल कार्यक्रम रहेकाले प्रचण्ड एकै दिनमा मधेसबाट फर्किन लागेका हुन् । प्रचण्डले मंगलबार बेलुका र बुधबार विहान विभन्न ठाउँमा कार्यकर्तासँग भेटघाट पनि गरेका छन् । यसअघि स्थलमार्ग हुँदै उनी सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणमा गएका थिए ।

 

 

Leave A Reply

Your email address will not be published.