Ultimate magazine theme for WordPress.

सीमालाइ विकसित बनाउन अतिक्रमण गरि निर्माण गरिएको घर टहरालाइ सशस्त्र प्रहरी बल हटाउदै

284

उमेश दुबे
बारा, ५ माघ / दुई देशको सभन्दा सम्वेदनसिल मानिएको सीमामा स्थानियहरूले अतिक्रमण गरि निर्माण गरिएको घर टहरा सशस्त्र प्रहरी बलले धमाधम हटाइरहेको छ । दश गजालाई झन बिकसित रूपमा बनाउने योजना अन्तर्गत अतिक्रमण गरिएको घर टहरा सशस्त्र प्रहरी बलले हटाइरहेको हो ।
नेपाल र भारतको सीमा(दश गजा)लाई नमूनाको रूपमा बिकसित गर्नको निम्ति अतिक्रमण गरि निर्माण गरिएको भौतिक संरचनाहरू हटाउने कार्य जारी रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर प्रदेशका प्रमुख डिआइजी राजु अर्यालले बताउनु भयो । उहाले सशस्त्र प्रहरी बल नेपाल र भारतिय एसएसबी बिच भएको सम्झौता अनुसार अतिक्रमण गरिएको घर टहरा हटाइरहेको बताए । दश गजालाई झन बिकसित रूपमा बनाउने योजनामा सशस्त्र प्रहरी बल नेपाल लागि परेको डिआइजी राजु अर्यालले बताउनु भयो ।
हालको समयमा नेपाल र भारतको सीमा दश गजालाई अतिक्रमण गरिएको घर टहरा हटाउन प्रदेश नम्बर २ को विभिन्न ठाउमा जारी रहेको डिआइजी अर्यालले बताए । बाराको मटिअर्वा, रौतहट जिल्ला लगायत विभिन्न ठाउहरूको दश गजामा अतिक्रमण गरि निर्माण गरिएको घर टहरा हटाउने कार्य सशस्त्र प्रहरी बलले जारी राखेको अर्यालले जानकारी दिनुभयो । यस अनलाइन सङ्ग कुरा गर्दै डिआइजी अर्यालले सशस्त्र प्रहरी बल नेपाल र भारतिय एसएअबी समन्वय गरि घर टहरा हटाउने कार्य जारी राखेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.