Ultimate magazine theme for WordPress.

सिआइबीको नाममा अपहरण गर्ने ८ जना पक्राउ

46

बीरगंज, माघ १६ : पर्सा प्रहरीले सिआइबी प्रहरीको नाममा दुईजनालाई अपहरण गर्ने आठजनाको एक समूहलाई शनिवार दिउँसो पक्राउ गरिएको समाचार प्राप्त भएको छ ।
आपूmहरूलाई सिआइबी प्रहरी बताउने ८ जनाको समूहले आज बिहान १० बजे नेशनल मेडिकल कलेजअगाडि चियापसलबाट बारा निवासी अब्दुल अहमदलाई नियन्त्रणमा लिएर गएको पर्सा प्रहरीले खबर पाएको थियो ।
पर्सा प्रहरीले प्रहरी प्रधान कार्यालयमा बुझ्दा सिआइबीको कुनै टोली पर्सामा परिचालन नगरिएको पुष्टि भएपछि सो समूहलाई पर्सा प्रहरीले खोजी गर्न थालेको थियो ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक भीमबहादुर खड्का नेतृत्वको प्रहरी टोलीले खोजी गर्दै जाँदा बारा प्रहरीको सहयोगमा सिमराबाट ना. १६ च ८७८० नम्बरको स्कार्पियो गाडीसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गाडीसहित पक्राउ परेका १० जनाबारे पर्सा प्रहरीले अनुसन्धान शुरू गरेको जनाएको छ । अनुसन्धानपछि  घटनाबारे पुष्टि गर्ने प्रहरी नायब उपरीक्ष्Fक यज्ञ भट्टराईले बताए ।
प्रहरी सूत्रबाट प्राप्त जानकारी अनुसार नागमणि बेच्ने गिरोहमा संलग्न दुईजनालाई सो समूहले नियन्त्रणमा लिएर  लगिरहेको अवस्थामा पर्सा प्रहरीले सातजना सर्लाहीका र एकजना मकवानपुर निवासीलाई पक्राउ गरेको  छ । पक्राउ परेकाहरूको परिचय प्रहरी स्रोतले खुलाएको छैन ।
पर्सा प्रहरीले सर्पको नागमणि बेच्ने गिरोहका बारा निवासी अब्दुल अहमद र काठमाडौंका प्रेम श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेका सबै १० जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार आज पक्राउ परेको सो समूहले हिजो जीतपुरबाट प्रेम श्रेष्ठलाई अपहरण गरी पथलैयाको एक होटलमा बन्धक बनाएको थियो ।

Leave A Reply

Your email address will not be published.