Ultimate magazine theme for WordPress.

सातौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण सेनाका रिमाललाई

46

इटहरी, ९ पुस । नेपाली सेनाका धावक हरीकुमार रिमालले सातौं राष्ट्रिय खेलकुल अन्तर्गत पहिलो स्वर्ण पदक हात पारेका छन् । रिमालले एथलेटिक्स खेलमा पहिलो स्वर्ण पदक हात पारेका हुन् ।

शनिबार बिहानको खेलमा पुरुषतर्फको दौडमा रिमालले १५ सय मिटरको दुरी ४ मिनेट ४ सेकेण्डमा पार गरेरका थिए ।

त्यस्तै सेनाकै अर्का धावक छत्रबहादुर दाहालले रजत पदक पाएका छन् । स्वर्ण र रजत पदक सेनाले पाएपनि कास्य पदक भने
नेपाल पुलिसका करण खड्काले हात पारेका छन् ।

उक्त दौड खेलमा १३ धावक सहभागी रहेका थिए ।

Leave A Reply

Your email address will not be published.