Ultimate magazine theme for WordPress.

सस्त्र प्रहरीद्वारा ५ लाख बराबरको कपडा पक्राउ

388

पर्सा, ७ माघ / भारतबाट अबैध तरिकाले नेपाल भित्रिरहेको कपडा सस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतको रक्सौलबाट कपडा खरिद गरि अबैध तरिकाले नेपाल भित्रिरहेको सूचनाको आधारमा सस्त्र प्रहरीले पक्राउ गरेको हो ।
बि.ओ.पि. अलौबाट खटिएको सस्त्र प्रहरीले भन्सार छली गरि नेपाल भित्राइरहेको २ वटा मोटरसाइकलमा कपडा सस्त्र प्रहरीले पक्राउ गरिएको थियो । शनिवार राती करीब १० बजेको समयमा बि.ओ.पि. अलौबाट खटिएको सस्त्र प्रहरी टोलिले लूकिछिपी बसेको र सस्त्र प्रहरीको टोलि हेर्नसाथ मोटरसाइकलमा लोड रहेको कपडा छोडी तस्कर फरार भएको सस्त्र प्रहरीले जनाएको छ । सस्त्र प्रहरीले नियन्त्रणमा लिएको कपडा र दुइवटा मोटरसाइकललाइ अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सस्त्र प्रहरी निरीक्षक ओमराज बानियाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.