Ultimate magazine theme for WordPress.

सशस्त्र राजस्व गस्ति टोलीद्वारा लागु औषध सहित एक जना पक्राउ

132
उमेश दुबे
पर्सा, २५ मंसिर ÷ नेपालकै आर्थिक राजधानिको रुपमा मानिएको वीरगंज भन्सार कार्यालयको मुल गेटबाट लागु औषध सहित एक जना पक्राउ परेको छ । वीरगंज भन्सार कार्यालयबाट निस्केको राजस्व गस्ति टोलीले चेकजाचको क्रममा लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
वीरगंज भन्सार कार्यालय अगाडी खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाच गरिरहेको क्रममा लागु औषध डाइजोल्याब १०० पिस, नर्फिम १०० पिस र फेनारगन १०० पिस गरी जम्मा ३०० पिस सहित एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ बस्ने सिकेन्द्र सहनीको १९ बर्षिय छोरा साहेब सहनीलाई लागु औषध ईन्जेक्सन सहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले बताउनु भयो । लागु औषध इन्जेक्सन सहित पक्राउ गरिएको सहनीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.