Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी राजस्व गस्ति टोलीद्वारा चांदी सहित एक जना पक्राउ

77

उमेश दुबे
पर्सा, ११ मंसिर ÷ नेपालबाट भारततर्फ लग्दै गरेको चांदी सहित एक जनालाई सशस्त्र प्रहरी राजस्व गस्ति टोलीले पक्राउ गरेको छ । साइकलको माध्यमले भारततर्फ चांदी लगिरहेको सूचना पाउन साथ वीरगंज भन्सार राजस्व गस्ति टोलीले चेकजाचको क्रममा पक्राउ गर्न सफल भएको हो ।
कालो कपडामा बेरी भारततर्फ लगिरहेको अवस्थामा वीरगंज भन्सार अगाडी खटिएको राजस्व गस्ति टोलीले पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले जानकारी दिनुभयो । भारतको रक्सौल निवासी ६० बर्षिय चन्देश्वर प्रसाद साहले ४ किलो २ सय ६० ग्राम चांदी सहित पक्राउ परेको प्रहरी नायब उपरीक्षक खडकाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.