Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी राजस्व गस्ती टोलिद्वारा लाखौको मालसमान बरामद

143

उमेश दुबे
पर्सा, १० जेष्ठ / पर्साको विभिन्न नाकाहरूबाट बिरगंज भन्सार कार्यालयको सशस्त्र प्रहरी राजस्व गस्ती टोलिले लाखौ बराबरको मालसमान बरामद गरेको छ । भारतबाट अबैध तरिकाले नेपाल भित्रियाउदै गरेको कपडा, हार्डवेयर समाग्री र नेपालबाट भारत तर्फ जाँदै गरेको मरिच सशस्त्र प्रहरी राजस्व गस्ती टोलिले बरामद गरेको हो ।
नेपाल र भारतको सीमा नाकामा सशस्त्र प्रहरीको निगरानी बढनसाथ तस्करीका समानहरू धमाधम पक्राउ हुन थालिएको छ । बिरगंज भन्सार राजस्व गस्ती टोलिका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीको कमान्डमा खटिएको टोलिले पर्साको विभिन्न नाकाहरूबाट अबैध तरिकाले भित्रिएको करीब १ लाख १५ हजार बराबरको मालसामान पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बिरगंज भन्सार राजस्व गस्ती टोलिले सीमा नाकामा कडाइ गर्नसाथ तस्करीमा समेत आएको सशस्त्र प्रहरीले दाबी गरेको छ । राजस्व गस्ती टोलिले करीब १० महिना नबित्दै ६ करोड बराबरको अबैध तरिकाले भित्रिएको मालसमान पक्राउ गरि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.