Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बलले पक्राउ गरेको केराउ पुन: तस्करकै जिम्मा (भिडियो सहित)

388

उमेश दुबे
पर्सा, १५ भाद्र / पर्सा जिल्लाको सीमा नाकालाई सशस्त्र प्रहरी बलले ब्यपार सरह प्रयोग गर्ने गरेका छन । सीमाको सुरक्षा र राजस्वको निम्ति खटिएका सशस्त्र प्रहरी बलले सीमा नाकालाई तस्करीको माध्यमले ब्यपार बनाएको बुझिएको हो ।
सीमा सुरक्षा जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले आफ्नो संगठनको नीति निर्देशनलाइ खिल्ली उडाउदै कमाइ खाने भाडो बनाउनुको साथै ब्यपार सरह प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल र भारतको सीमामा पर्ने श्रीसिया नाकाबाट तस्करहरूको सन्जाल सक्रिय भएपनी सशस्त्र प्रहरी मौन हुनु बिडम्बनाको बिषय बनेको छ ।
तस्कर संगठनले बिरगंजबाट खरिद गरि भारततर्फ लगिरहेको केराउ बोर्डर आउट पोस्ट श्रीसियाबाट खटिएको टोलिले पक्राउ गरेपनी पुन: सशस्त्र प्रहरीले तस्करकै जिम्मा लगाएका छन । आफ्नो वर्दीको आडमा सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले सीमालाई कमाइ खाने भाडो बनाएको यहि दृश्यबाट प्रमानित हुन्छ । सशस्त्र प्रहरी बल एउटा असल र इमन्दार संगठन मध्ये एक मानिएपनी हालको समयमा सशस्त्र प्रहरी निरीक्षक पौडेलको कर्तुत हेरिदा प्रश्नको बिषय बनेको छ ।


बिरगंजको श्रीसिया नाका हुँदै भारततर्फ गइरहेको १० वटा बोरामा केराउ सशस्त्र प्रहरी बलले पक्राउ गरेपनी केही मोटो रकमको लोभमा पक्राउ गरिएको केराउ पुन: तस्करकै जिम्मा लगाइएको छ । यस बिषयमा बोर्डर आउट पोस्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल सङ बुझ्दा आफूले पक्राउ गरिएको केराउ पुन; जिम्मा लगाइएको स्विकार्नु भयो । उहाले श्रीसियाकै स्थानियको रहेकोले आफू बाध्यतावस छोडिएको स्विकार्नु भयो ।
तस्करलाइ उम्काउनु र तस्करीलाई बढावा दिने नै सीमा नाकामा खटिएका सशस्त्र प्रहरी बल रहेको यसैबाट प्रष्ट हुन्छ । सीमा नाका तस्करहरूको अखडा बन्दै गएपनि सशस्त्र प्रहरी बलको मौनताले माथिल्लो निकायको समेत इमान्दारिता माथी प्रश्न खडा गरेको छ । सीमा नाकालाइ कमाइ खाने भाडो बनाउने यस्ता सशस्त्र प्रहरी निरीक्षक पौडेल माथी, माथिल्लो निकायको ध्यान जान अति आवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.