Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी डिआईजी श्रेष्ठको कडा निर्देशन, तस्कर संगठनहरुमा हडकम्प

3,062

उमेश दुबे
पर्सा, ९ माघ ÷ सशस्त्र प्रहरी २ नम्बर बाहिणीका प्रमुख डिआईजी प्रविण श्रेष्ठको आदेशमा सीमाना नाकाहरुमा व्यापक रुपमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमाना नाका तस्करहरुको अखडा बन्न नदिन सोचका साथ सशस्त्र प्रहरी डिआईजी श्रेष्ठले कुनैपनि प्रहरी रकमको प्रलोभनमा परे कडा कारवाही गरिने बताउनु भयो ।
यस अनलाईन संग कुरा गर्दै सशस्त्र प्रहरीका डिआईजी श्रेष्ठले आफ्नो कार्यकालमा कुनैपनि तस्करहरुलाई छुट नदिने बताउनु भयो । आफु हुन्जेल प्रदेश नम्बर २ को कुनैपनि सीमाना नाकाबाट तस्करीको कार्य भए बि.ओ.पी. लगायत सबैलाई कारवाही गरिने बताउनु भयो । उहाले सीमाना नाकामा सशस्त्र प्रहरीको निगरानी बढे पश्चात केही तस्कर संगठनहरुले आफ्नो सशस्त्र प्रहरी संगठनलाई बदनाम गर्नेतर्फ लागि परेको बताउनु भयो । तस्कर संगठनले जति प्रयास गरेपनि आफ्नो संगठनको निति नियम अनुसार अगाडी बढ्ने बताउनु भएको हो ।
तस्कर संगठन लगायत अपराधि गतिविधिलाई समेत आफ्नो कार्यक्षेत्रबाट पलायन गर्ने प्रतिवद्धता जनाउदै डिआईजी श्रेष्ठले सीमाना नाका लगायत गणपतिहरुलाई समेत कडा निर्देशन दिएको बताउनु भयो । उहाले सीमाना नाकामा रहेका बोर्डर आउट पोष्ट लगायत गणहरुमा सीमाना नाकाको साथसाथै शान्ति सुरक्षामा समेत चासो बढाउने निर्देशन दिएको बताउनु भयो । उहाले निर्देशन दिन लगतै प्रदेश नम्बर २ मा रहेको वि.ओ.पी.पति र गणपतिहरुमा काम गर्ने साहस बढेको पाइएको छ । प्रदेश नम्बर २ मा पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सप्तरी, सिरहा लगायतका जिल्लाहरुमा निर्देशन दिए पश्चात ८ वटै जिल्लाहरुमा सशस्त्र प्रहरीको निगरानी बढेको पाइएको हो ।

सशस्त्र प्रहरीको निगरानी बढ्न साथ बिगतको तुलनामा राजस्वमा समेत बृद्धि भएको पाइएको छ । सशस्त्र प्रहरी डिआईजी श्रेष्ठको आदेशमा दिन प्रति दिन धमाधम अवैध मालसमानहरु पक्राउ गर्न थालेपछि सीमाना नाकाबाट तस्कर संगठनहरु पलायन हुदै गएका छन् । यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलले डिआईजी प्रविण श्रेष्ठको आदेश हाम्रो संगठनको निति निर्देशन विपरीत कहिलेपनि जान नसक्ने ठोकुवा गर्नुभयो । सशस्त्र प्रहरीले आफ्नो संगठनको निति निर्देशन विपरीत कहिले जान नसक्ने तर डिआईजी श्रेष्ठको आदेशले तस्कर संगठनहरुमा हडकम्प मच्नुले सशस्त्र प्रहरीको निगरानी बढेको भन्ने बिषयमा दुईमत नभएको बताउनु भयो ।

सशस्त्र प्रहरी २ नम्बर बाहिणीबाट बेला कुबेला खटेका सशस्त्र प्रहरीको टिमले ८ वटा जिल्लाको बिभिन्न ठाउहरुबाट धमाधम मालसमानहरु पक्राउ गर्न थालेपछि तस्करहरुमा हडकम्प मचेको छ । सीमाना नाकाबाट पुर्नरुपले तस्करी ठप्प हुनु चुनौतीको बिषय बनेपनि बारा र पर्सा जिल्लामा हालको समयमा सशस्त्र प्रहरीले गर्दा ९० प्रतिशत तस्करीको लाइन बन्द भएको सजिलै बुझन सकिन्छ । बाहिणीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बारा र पर्सा जिल्लाहरुको बिभिन्न ठाउहरुबाट धमाधम मालसमानहरु पक्राउ गर्नथालेपछि तस्करहरु फरार भई भारतमा लुक्न बाध्य भएका छन् । प्रदेश नम्बर २ का सशस्त्र प्रहरीले २ महिना नबितिदै करोडौ करोडको अवैध मालसमानहरु पक्राउ गरि भन्सार बुझाइएको बारे सर्वविधितै छ ।

Leave A Reply

Your email address will not be published.