Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले घुमुवाको माध्यमले मचाए सर्लाहीमा चंदा आतंक

1,077

उमेश दुबे
सर्लाही, १२ फाल्गुन ÷ सर्लाहीको बिभिन्न नाकाहरुबाट सशस्त्र प्रहरीकै सहयोगमा तस्करी कार्य तिब्र रुपले अगाडी बढेको छ । सशस्त्र प्रहरी बल नेपाल, १० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिनोद राज श्रेष्ठकै निर्देशनमा तस्करी कार्य तिब्र रुपले अगाडी बढेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक बिनोद राज श्रेष्ठको बिश्वासिला पात्रको रुपमा मानिने सशस्त्र प्रहरी नायब निरीक्षक प्रमोद कुमार सिंहको माध्यमले रकम असूली तिब्र हुदा तस्करी कार्य फस्टाएको बुझिन्छ । सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि शैलेन्द्र खनालले आफ्नो संगठन भित्र घुमुवा प्रहरी परिचालन नगर्न निर्देशन दिएपनि, खनालको आदेशलाई धज्जि उडाउदै सशस्त्र प्रहरी उपरीक्षक बिनोद राज श्रेष्ठले घुमुवा टोली परिचालन गरेका छन् ।
सर्लाहीको त्रिभुवन नगर मातहातमा रहेको ईनर्वा नाका हुदै तस्करीको लाइन सशस्त्र प्रहरीकै सहयोगमा सुचारु गराइएको बुझिन्छ । सशस्त्र प्रहरी उपरीक्षक बिनोद राज श्रेष्ठले खटाएका घुमुवा सशस्त्र प्रहरी नायब निरीक्षक सिंहले तस्कर संगठनहरु संग १ लाख देखी ५ लाख रुपैयासम्मको नजराना बुझे पश्चात ईनर्वा नाका हुदै तस्करीको लाइन दिइएको बुझिन्छ । त्रिभुवन नगर र ईनर्वा नाका हुदै मनोज यादव, अमिन साफि, भगत व्यास, राजेश कुश्वाहा, कपल महतो लगायत तस्करहरुले तस्करी कार्य सूचारु गरेका हुन । सीमा नाका हुदै कपडा, सुर्ति, हार्डवेयरका समाग्रीहरु अवैध तरिकाले नेपाल भित्रिन्छ ।
भनिन्छ सीमा सुरक्षा लगायत राजस्वको निम्ति सशस्त्र प्रहरीलाई सीमामा खटाइएको छ तर सर्लाही जिल्लामा हेर्नुपर्दा केही रकमको लागि सशस्त्र प्रहरी उपरीक्षक नै आफ्नो संगठनको नीति निर्देशनलाई लत्याउदै आफ्नो मनोमानी पाराले घुमुवा परिचालन गर्दा सीमामा खटिएका बि.ओ.पी.हरुको हालत के होला भन्ने बिषयमा प्रश्न उठन थालिएको छ ।
को हुन घुमुवा सशस्त्र प्रहरी नायब निरीक्षक प्रमोद कुमार सिंह
सशस्त्र प्रहरी संगठनको नीतिमा एउटा ठाउमा एक बर्षसम्म बस्न पाइन्छ तर घुमुवा सशस्त्र प्रहरी नायब निरीक्षक प्रमोद कुमार सिंह बिगत १० बर्षदेखी एउटै जिल्लामा बसेको पाइन्छ । २०६६ सालदेखी हालसम्म सर्लाही जिल्लामा कार्यरत रहेको र हाल सशस्त्र प्रहरी उपरीक्षक बिनोद राज श्रेष्ठको बिश्वासिला पात्रको रुपमा घुमुवामा खटिने गरेका छन् । २०६६ सालमा सर्लाहीको बोर्डर आउट पाष्ट सेमरामा कार्यरत थिए त्यतिखेर उनले हतियार हेराई डर त्रास फैलाउन खोज्दा स्थानिय केही व्यक्तिले सशस्त्र प्रहरी नायब निरीक्षक सिंहले बोक्ने एसएमजी समेत खोसेको कुरा सर्वविधितै छ ।
२०६९ सालमा सशस्त्र प्रहरी नायब निरीक्षक प्रमोद कुमार सिंह, सर्लाहीकै लक्ष्मीपुरमा गोली प्रहार गरी एक जना महिलालाई हत्यासम्म गरेको र त्यस पश्चात कारवाही स्वरुप नसिहत समेत खाएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक सिंहको, हालको दरबन्दी ३ नम्बर बाहिनी भएपनि सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठको आसराले सशस्त्र प्रहरी बल १० नम्बर गणमा घुमुवाको रुपमा खटिने गरेको कुरा व्यापक चर्चाको बिषय बनेको छ । गणमा कोर्ट मास्टर रहेको हल्ला चलेपनि सादा पोशाकमा खटिने र सीमा नाकाहरुबाट रकम असुली गरिरहेको श्रोतको दावी रहेको छ ।

Leave A Reply

Your email address will not be published.