Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले बरामद गर्यो भारतीय ट्रक सहित एक करोड बराबरको मालसमान

82

पर्सा, ३ असार / सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध मालसमान बोकी नेपाल भित्रिएको भारतीय ट्रक सहित चालक र सह—चालकलाई नियन्त्रणमा लिएको छ । भारतबाट मालसमान बोकी अवैध रुपले आयात भएको बिशेष सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले भारतीय ट्रक सहित चालक र सहचालकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदह सप्तरीबाट सशस्त्र प्रहरी निरीक्षक किश्मान तमाङको कमाण्डमा खटिएको ७ जनाको टोलीले भारतीय नम्बर प्लेट रहेको ट्रकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नामस्ता बाहिनीले जनाएको छ । भारतबाट अवैध रुपले मालसमान बोकी नेपाल भित्रयाईएको युपि ७५ एम ३६९५ नम्बरको ट्रक सहित भारत कानपुर देहातका ३० बर्षिय चालक अवध वाक र सह चालक २३ बर्षिय धिरज कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतीय ट्रक सहित करिब १ करोड ९ लाख बराबरको अवैध मालसमान रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मालसमान सहितको भारतीय ट्रक र चालक तथा सहचालकलाई अवाश्यक कारवाहीको लागी भान्सार बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.