Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले पक्राउ गरेको भैसी मध्ये २५ गोटा भैसी पुनः तस्करकै जिम्मा

432

पर्सा, ५ पौष / पर्साको ग्रामिण नाकामा पर्ने धोबिनि गाउपालिका वडा नम्बर ५ घोडदावरा नजिकैबाट सशस्त्र प्रहरीले ८६ वटा भैसी नियन्त्रणमा लिएपनि ३ लाख रुपैया नजराना बुझे पश्चात २५ गोटा भैसी पुनः तस्करलाई नै जिम्मा लगाइएको रहस्य उजागर भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटो रकमको नजराना दिए पश्चात तस्कर समुहले निर्वाध रुपले चलाउदै आएको भैसी तस्करीको लाइनबाट आम्दानी बढाउने मन्सायले पक्राउ गरिएको भैसी मध्ये ३ लाख रुपैया नजराना बुझि २५ गोटा भैसी पुनः तस्करलाई नै जिम्मा लगाइएको रहस्य उजागर भएको हो ।
सशस्त्र प्रहरी बेस आसवारीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक शुकबहादुर राणभाटको कमाण्डमा खटिएको टोलीले शुक्रवार राति भारतबाट अवैध तरिकाले भित्रयाइएको ८६ गोटा भैसीलाई नियन्त्रणमा लिइएको थियो । तर बोर्डर आउट पोष्ट भिखमपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक संजय गोइतको आदेशमा ८६ गोेटा भैसी मध्ये २५ गोटा भैसी पु्नः तस्करकै जिम्मा लगाइएको बारे सशस्त्र प्रहरी श्रोतले नै जनाएको छ । सशस्त्र प्रहरीले शुक्रवार राति भैसी पक्राउ गर्नसाथ घटनास्थलमा पुगेका सशस्त्र प्रहरी निरीक्षक संजय गोइतले कुख्यात भैसी तस्कर महादेव यादव संग आफ्नो साटघाट रहेको र कसको निर्देशनमा पक्राउ गरिएको भन्दै अपशब्द प्रयोग गर्दै ८६ गोटा भैसी मध्ये २५ गोटा भैसी तस्करकै जिम्मा लगाएर पठाएको, श्रोत बताउछन ।
सीमा नाकामा व्यापक कडाई गरिएको भन्दै सशस्त्र प्रहरीका उच्च अधिकारीहरुले प्रचार प्रसार गराइरहेपनि केही नाकाहरुमा भ्रष्ट प्रहरीका कारण निगरानी हुन नसकिएको यस घटनाले प्रमाणित समेत गरेको छ । सशस्त्र प्रहरी निरीक्षक संजय गोइत संगठनमै बदनाम निरीक्षकहरु मध्ये एक हुन, जहा गएपनि अकुत सम्पती आर्जनको लागि जेपनि गर्न पछि नहट्ने बदनाम निरीक्षक मध्ये एक गोइतलाई पनि मानिने गरिन्छ ।
यति मात्र नभई भिखमपुर नाका हुदै ट्रयाक्टर कै माध्यमले मिठा र दालको तस्करी भइरहेको स्थानीय श्रोतले जनाएको छ । श्रोतले जानकारी दिए अनुसार ट्रयाक्टरकै माध्यमले तस्करीको लाइन खोल्नको निम्ति सशस्त्र प्रहरी निरीक्षक १० लाख रुपैया मासिक नजराना बुझने गरेको बताए । मिठा र दाल संगै कुख्यात तस्कर अदालत भनिनेको चल्ला तस्करीको लाइन समेत संचालनमा आएको बताए । भिखमपुर नाकाबाट पुराना सबै तस्कर गिरोह सकृय भएको स्थानीयहरु बताउछन ।
को हुन सशस्त्र प्रहरी निरीक्षक संजय गोइत ?
बाराको बोर्डर आउट पोष्ट बरैनियामा हुदा भैसी काण्ड, कपडा तस्करी काण्डबाट नाम गनाई सकेका निरीक्षक हुन संजय गोइत । बोर्डर आउट पोष्ट भिखपुरमा गएको एक महिना नबित्दै दाल काण्ड समेत लागेका संजय गोइत अहिले भैसी काण्ड फेरी दोेहरयाउन सफल भएका छन । आफ्नो कार्यलाई इमान्दारीता पूर्वक गर्न नसक्ने र घुसको रकमलाई सफल समझिने सशस्त्र प्रहरी निरीक्षकहरु मध्ये एक हुन संजय गोइत ।
यता बोर्डर आउट पोष्ट भिखमपुरमा गएको ६ महिना नबित्दै दुई पटक कारवाहीको लागि बाहिनी तानिएका सशस्त्र प्रहरी निरीक्षक संजय गोइतको रवैया जस्ताको त्यस्तै रहेको यस कार्यले प्रष्ट पारेको छ । नसिहत समेत खाएका सशस्त्र प्रहरी निरीक्षक संजय गोइतलाई माथिल्लो निकायको न त निर्देशन नै चाहियो, न त कुनै सुझाव नै । आफ्नो पावर र दम्भमा बोर्डर आउट भिखपुर पुग्न सफल भएका सशस्त्र प्रहरी निरीक्षक संजय गोइतले गरेको यस्तो रवैया माथि माथिल्लो निकायले ध्यान दिने हो कि होइन हेर्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.