Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले गरे अर्को धमाका, लागु औषध ईन्जेक्सन सहित १ जना पक्राउ

506

उमेश दुबे
पर्सा, २२ माघ ÷ सिरहाको माडरमा लागु औषध इन्जेक्सन सहित एक जना पक्राउ परेका छन् । बि. ओ.पी माडरबाट खटिएको सशस्त्र प्रहरी टोलीले सिरहा जिल्लाबाट लागु औषध करिब ६०० पिस लागु औषध ईन्जेक्सन सहित एक जनालाई पक्राउ गरिएको हो ।
आज साझ करिब ४ बजेको समयमा बि.ओ.पी माडरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट नेपाल भित्रयाइरहेको क्रममा १ वटा मोटरसाइकल सहित लागु औषध कारोवारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बिशेष सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपाल भित्रयाउदै गरेको मोटरसाइकल सहित कारोवारी यादवलाई पक्राउ गरिएको बताएका छन् ।
बि.ओ.पी. माडरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले जनाए अनुसार नेपाल भित्रयाइरहेको क्रममा बिशेष सुचना पाउन साथ खटिएको टोलीले चेकजाच गरिन साथ पक्राउ गरिएको बताउनु भयो । भारतबाट नेपाल भित्रिदै गरेको स.९ प ५४३१ नम्बरको मोटरसाइकल चेकजाच गर्दा कलेजी रंगको ब्यागमा राखिएको अवस्थामा बरामद भएको बताउनु भयो । धनुषा जिल्लाको जनकनन्दनी गाउपालिका वडा नम्बर २ बस्ने बब्लु यादवलाई लागु औषध सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ गरिएको १९९ पिस फेनारगन, २०० पिस नर्फिन र डाइजोल्याब १९९ पिस सहित यादवलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.