Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीलाइ बदनाम गर्न आतुर भए सशस्त्र प्रहरीकै कर्मचारी

1,252

बारा, १२ जेष्ठ / स्थानीय तहको निर्वाचन सु-सम्पन्न गराउन अहम भुमिका खेलेका सशस्त्र प्रहरी बल नेपाललाइ बदनाम गराउन सशस्त्र प्रहरीकै कर्मचारीले गरिरहेको खुल्नमा आएको छ । सीमा नाकाको साथ साथै ग्रामिण भेगहरूमा समेत निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल संगठनलाइ नै बदनाम गराउन केहि सशस्त्र प्रहरीको तल्लो स्तरको कर्मचारी आतुर भएको खुल्नमा आएको हो ।

मधेस प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले आफ्नो भुमिका निर्वाह गर्दै लागु औषध कारोबारीदेखि हातहतियार समेत बरामद गर्न सफल भइरहेकै बेला सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलिले आफ्नै संगठनलाइ बदनाम गर्न आतुर भएको बुझिन्छ । सीमा नाकाबाट अबैध रकम असुल गरेको आरोप मात्र नभइ प्रमाण सहित बारा जिल्लाबाट लखेटिएका सशस्त्र प्रहरी हवलदार आफ्नै संगठनलाइ बदनाम गर्न पछि हटेन्न । सशस्त्र प्रहरी बल नेपाल संगठनका तत्कालीन आइजिपि शैलेन्द्र खनालको पावर दुरूपयोग गर्दै इन्टेलिजेन्ट ब्यूरोमा पुगेका सशस्त्र प्रहरी हवलदार पुन: बारा जिल्लामा पुगि अबैध रकम असुल गरेका थिए । सोहि अनुरूप पुन: कारवाहि स्वरूप प्रदेश नम्बर ३ मा पठाइएको थियो । सशस्त्र प्रहरी हवलदार साहले आफुलाइ प्रदेश नम्बर ३ मा लखेटिएकै कारण सोहि निहुमा बिभिन्न आरोप प्रत्यारोप लगाउदै केहि मिडियाकर्मिको माध्यमले सशस्त्र प्रहरी बल नेपाललाइ बदनाम गर्न आतुर भएको एक घटनाले उजागर पारेको छ ।

सीमा नाकामा रकम बार्गेनिङ्ग गर्ने आरोपमा ५ दिन थुन्नामा बसिसकेको पत्रकारको सहयोगमा सशस्त्र प्रहरी बल नेपाललाइ बदनाम गर्न आतुर भएको खुलिएको हो । यस अनलाइनका एक सहकर्मि सङ्ग कुरा गर्दै साहले डिआइजि ठाडा मगरलाइ कुनै सर्तमा आफु नछोडने बताएपछि यस्तो रहस्य उजागर भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिने स्कवाड टोलिका कारण निन्द हराम भइसकेका गिरोहले समेत डिआइजि मगरलाइ बदनाम गर्न आतुर भएको बुझिन्छ । हप्तै पिच्छे लागु औषध बरामद गरिरहेको स्कवाड टोलिलाइ बदनाम गर्न लागु औषध कारोबारी सङ्गको मिलोमतोमा सशस्त्र प्रहरी हवलदार समेत स्कवाड टोलिका साथ साथै डिआइजि मगरलाइ बदनाम गर्न आतुर भएको बुझिन्छ । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोमा कार्यरत सशस्त्र प्रहरी हवलदार साहले प्रति महिना बारा जिल्लामा पुगि तस्कर समुहको लाइन मिलाइ दिने भन्दै रकम समेत उठाउने गरेको खुलेको छ ।

सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आइजिपि राजु अर्यालले संगठनको नियम विपरीत कार्य गर्ने जोकोहिलाइ कारवाहि गर्नबाट पछि नहटने बताइरहेकै बेला उहाकै कर्मचारीले बारा जिल्लामा आर्थिक तान्डव मचाएको देखिन्छ । बिदाको नाममा महिनौ पिच्छे रौतहट जिल्ला पुग्ने साह बाराको सदरमुकाम कलैयामा पुगि तस्कर समुह सङ्ग भोजभतेरको आयोजना गरी रकम लिने गरेको तस्कर समुहबाटै खुलिएको हो ।

Leave A Reply

Your email address will not be published.