Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा २ महिना नबितिदै करोडौको मालसमान बरामद

228

उमेश दुबे
पर्सा, १ आश्विन ÷ वीरगंज भन्सार राजस्व गस्ति टोलीले दुई महिना नबितिदै करोडौको अवैध मालसमान पक्राउ गर्न सफल भएको छ । श्रावण र भाद्र महिनामा मा त्रै करोडौ बराबरको अवैध तरिकाले भित्रिरहेको मालसमान पक्राउ गर्न सफल भएको हो ।
नेपाल र भारतको सीमाबाट अवैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा करोडौ बराबरको मालसमान पक्राउ गरी राजस्व गस्ति टोलीले वीरगंज भन्सार दाखिला गरेको छ । वीरगंज भन्सार राजस्व गस्ति टोलीले दुई महिनामा मात्रै करिब १ करोड ४४ लाख १६ हजार ४ सय २३ रुपैया बराबरको मालसमान पक्राउ गरी वीरगंज भन्सार दाखिला गरेको हेरिन्छ । श्रावण र भाद्र महिनामा किराना समाग्री, लताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक लगायतको समाग्री करिब करोडौ बराबरको भन्सार दाखिला गरेको राजस्व गस्ति टोलीका प्रमुख अमर खत्रीले जनाएका छन ।
वीरगंज भन्सार अगाडी लगायत सीमाहरुमा ब्यापक रुपमा कर्मचारीलाई खटाउनुको साथै कडा निर्देशन दिएको डिएसपी खत्रीले बताउनु भयो । आफ्नो मातहातमा खटिएका प्रहरी कर्मचारीलाई कडा रुपले चेकजाच गर्नुको साथै कसैको लोभमा परेर काम नगर्न निर्देशन दिएको ठोकुवा गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.