Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा हतियार सहित ३ जना नियन्त्रणमा

162

उमेश दुबे
पर्सा, २४ चैत्र / सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले हतियार सहित ३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो । बिशेष सूचनाको अधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले लङ रेन्ज दुई नाले बन्दुक सहित तिन जना नेपाली नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
बिहिवार बिहान करिब ९ बजेको समयमा बिशेष सूचना आउनसाथ सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले दुई नाले एक थान बन्दुक सहित तिन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक तेज बहादुर पोखरेलले जानकारी दिनुभयो । उहाले पर्साको सबैठवा नाका हुदै नेपाल भित्रिएको तिन जनाको समुहले हतियार बोकेको बिशेष सूचनाको अधारमा टोली परिचालन गरिएको बताए ।
सबैठवाबाट पर्सागढी तर्फ ना ५७ प ३६२८ नम्बरको अपाची मोटरसाइकल जादै गरेको अवस्थामा रोकेर चेकजाच गर्दा दुई नाले बन्दुक एक थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने ४१ बर्षिय प्रेम ठाकुर, १६ बर्षिय राहुल ठाकुर र सोही बस्ने ५५ बर्षिय रामजी ठाकुरलाई बन्दुक सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज बहादुर पोखरेलले बताउनु भयो ।
सशस्त्र प्रहरी उपरीक्षक तेज बहादुर पोखरेलले दुई नाले बन्दुक एक थान र सोमा प्रयोग हुने कार्टिज एक थान बरामद गरिएको बताउनु भयो । उहाले बरामद भएको हतियार, मोटरसाइकल र तिन जना ठाकुरलाई अवाश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.