Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागु औषध सहित महरा पक्राउ

105

पर्सा, २ श्रावण / पर्साको प्रसौनीभठ्ठा नाका हुदै नेपाल भित्रयाउदै गरेको लागु औषध सहित रामलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बोर्डर आउट पोष्ट प्रसौनीभाठाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले लागु औषध सहित मोटरसाइकल र एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
पर्सा जिल्लाको बिन्दवासनी गाउपालिका वडा नम्बर ५ प्रसौनीभाठा हुदै नेपाल भित्रयाइरहेको लागु औषध सहित नेपाली नागरिकलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । बा ५२ प ६१४६ नम्बरको आर वन फाइब मोटरसाइकलमा लुकाई छिपाई नेपाल भित्रयाइरहेको नाइट्रोभेट सहित पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर ३ बस्ने ४५ बर्षिय बिरेन्द्र रामको १७ बर्षिय छोरा मन्जित महरा चमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । चमारले बोकेको लागु औषध नाइट्राभेट १० पता, डाइजेपाम २ एम एल ५१ पिस, नूफिन २ एम एल ५१ पिस, फेनेरगन २ एम एल ४९ पिस सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । निजलाई अवाश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.